0 COMMENTS

काठमाडौं, ३१ असार– एमाले सचिव प्रदिप ज्ञावलीले वर्तमान सरकार कांग्रेस एमालेको संयुक्त सरकार भए पनि एमालेलाई काँग्रेसले सहयोगीको रुपमा ब्यवहार गरेको वताए । सरकारको सहयात्री दलको भावना विपरित एकलौटि बजेट बनाएर कांग्रेसले अन्य दलको भावनालाई उपेक्षा गरेको पनि उनले बताए ।

युवा संघले बिहीवार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै ज्ञवालीले एमाले कांग्रेसको सहयोगीका रुपमा नभई वरावर हैसियतमा सरकारमा सामेल भएको स्मरण गराए ।

अवको एक महिनामा राष्ट्रिय सरकार बन्ने भए पनि कांग्रेसले त्यसलाई हेक्का नराखी वजेट बनाएको वताए । अब एक महिनामा राष्ट्रिय सहमतिको सरकार बन्दैछ, त्यहाँ धेरै दल सरकारमा सहभागी हुनेछन् भन्ने हेक्का राखिनु राख्दै ‘सबैको भावनालाई समेटेर बजेट बनाउन पर्नेमा काँग्रेसले एक्लौटि बजेट बनाएके अरेप लगाए । 

ज्ञवालीले दिवंगत नेताहरुको नाममा बनाइएका कार्यक्रममा समेत पक्षपात भएको वताए । ‘गरिबसंग विश्वेश्वर भन्न मिल्ने, गणेशमान शान्ति अभियान भन्न मिल्ने, के मनमोहन वृद्धभत्ता भन्न मिल्दैनथ्यो ?’ ज्ञवालीले प्रश्न गरे । उनले यस्ता कुरा संशोन नभए वजेट पारित नहुने पनि स्पष्ट पारे ।

संविधानमा समाजवाद राख्दा मदन भण्डारीको समाजवाद भन्दै कांग्रेसका केही नेताले विरोध गरेको जनाउँदै ज्ञवालीले समाजवादवाट नतबिर्सिन आग्रह गरे । ‘संविधानमा राखिएको समाजबाद एमालेको वर्चस्व भयो भनेर कांगे्रसका कतिपय साथिहरुले समाजवाद शब्दको विरोध गर्नुभएको छ’ ज्ञवालीले भने, ‘यो काँगे्रस वा विपीको समाजवाद होइन भन्ने भन्ने त्यसवाट पुष्टि भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।