0 COMMENTS

काठमाडौँ११कार्तीक०७५/ एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । पाकिस्तानलाई ९–० को भारी अन्तरले हराउँदै नेपालले एएफसी यू–१९ च्याम्पियनसिप खेल्ने सम्भावना जिवितै बनाएको हो ।

थाइल्याण्डको चोनबुरी रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउनका लागि निशा थोकरले ह्याट्रिक गरेकाी थिइन् । पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको नेपालले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । दोस्रो मिनेटमा मन्जली कुमारीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । ३२औं मिनेटमा सम्झना लावती र ३७ औं मिनेटमा अलिशा जिम्बाले गोल गरेपछि नेपालले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो । पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा ६ गोल थप्यो ।

५४औं मिनेटमा पुजा रानाले गोल गरेपछि नेपालले ४–० को अग्रता लिएको थियो । त्यसपछि निशा थोकरले ह्याट्रिक गरिन् । ५७औं मिनेटमा पाएको फ्रिकिकलाई निशाले सोझै गोलमा परिणत गरिन् । ७४औं मिनेटमा पाएको पेनाल्टीलाई निशाले गोलमा परिणत गरेपछि नेपालले ६–० को अग्रता लियो । ८५औं मिनेटमा नेपालले अर्को पेनाल्टी पायो ।

त्यसलाई पनि निशाले गोलमा परिणत गर्दै ब्यक्तिगत ह्याट्रिक पूरा गरिन् भने नेपालले ८–० को अग्रता लियो । ८९औं मिनेटमा सरु लिम्बुले गोल गर्दा नेपालले ९–० को जित निकाल्यो । अब नेपालको दोस्रो चरणको यात्रा सबै समूहको छनोट प्रतियोगिता सकिएपछिमात्र टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।