0 COMMENTS

काठमाण्डाै०७कार्तीक०७५/बडादशैँको अन्तिम दिन यो दिनलाई कोजाग्रत पूर्णिमा वा शरद पूर्णिमा पनि भन्ने गरिन्छ । दशैंको अन्तिम दिन भोलि दसैँघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष जलघाटमा बिसर्जन गर्ने गरिन्छ । दशैँ र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमात्र समाप्त हुन्छ ।

वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ। यही दिन माता लक्ष्मी पृथ्वी लोकको भ्रमणमा आउने विश्वास गरिन्छ । विजयादशमीका दिन सुरु भएको टीका जमरा लगाउने क्रम पनि बुधबार सम्पन्न हुँदैछ। यस वर्षको शरद पूर्णिमाको रात देखि ४ राशीका व्यक्तिहरुलाई निकै शुभ फल मिल्ने योग बनेको छ ।

कर्कट राशी : यसपाली नवरात्रीभर विधिवत रुपमा नवदुर्गा भवानीको पूजा गर्दा कर्कट राशी भएका व्यक्तिहरुलाई निकै लाभ मिल्ने योग रहेको थियो भने दशैं सकिंदा झन् भाग्य चम्किने देखिएको छ । भोलि कोजाग्रत पूर्णिमाको रातबाट यी राशीका व्यक्तिहरुलाई निकै लाभ मिल्दै जानेछ । यी व्यक्तिहरुलाई नवदुर्गा भवानीको विशेष कृपा मिल्ने हुँदा व्यापार व्यसायमा सफलता मिल्ने र नोकरीमा पदोनत्ति हुने देखिन्छ।

तुला राशी : वस्तुशास्त्रका अनुसार तुला राशी भएका व्यक्तिहरुको लागि यसपाली नवरात्रीभर राम्रो संयोग बनेको थियो । यस राशीका व्यक्तिहरुलाई नवरात्रीमा हनुमानजीको विशेष कृपा मिल्ने हुँदा अधूर रहेका सम्पूर्ण कामहरु बन्ने र आउने दिनहरुमा लाभ मिल्ने अवसर प्राप्त हुनेछ। यी व्यक्तिहरुलाई पनि शरद पूर्णिमाको रातबाट आफूले सोचे अनुरुप लाभ मिल्नेछ । अधुरा कामहरु सम्पन्न हुँदै जनेछन् भने जीवनभर सुख शान्ति प्राप्त हुने र ठूलो मात्रामा धन लाभगर्ने समय रहेको छ।

वृश्चिक राशी : यस राशीका व्यक्तिहरुको घरमा सबै सदस्यको पहलमा ठूलो समस्याको समाधान हुने समय रहेको छ । यी व्यक्तिहरुको आर्थिक पक्ष समेत बलियो बन्दै जानेछ । शरद पूर्णिमाको रात पश्चात समाजमा तपाईहरुको बोलिको प्रभाव पर्नेछ भने मन प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। स्वास्थ्यमा भने सानो तिनो समस्या आउन सक्ने हुँदा ध्यान पुर्याउन आवश्यक हुनेछ ।

कुम्भ राशी : कुम्भ राशी हुने व्यक्तिहरुका लागि यसपाली नवरात्रीमा हनुमानजीको विशेष कृपा मिल्ने हुँदा अधिक धनलाभ गर्ने अवसर प्राप्त हुने देखिन्छ। यी व्यक्तिहरुलाई शरद पूर्णिमाको रातपछि जीवनमा निकै लाभ मिल्नेछ भने सोचे अनुरुप काममा सफल हुँदै जनेछन् । यिनीहरुले यो समयलाई सदुपयोग गर्न सके सजिलै आफ्नो लक्ष्यमा पुग्न सक्नेछन् । यो रातपछि तपाईका सम्पूर्ण स्वास्थ्य समस्याहरु समेत समाधान हुँदै जानेछन् भने जीवन सुखी र खुशी बन्दै जानेछ । सिधान्यूजबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।