0 COMMENTS

काठमाण्डाै२३असाेज०७५/  गणतन्त्र माल्दोभा राज्यको चिसिनाउ सहमा आयोजना हुने २६ औं गिनसिन फुनाकाशी बिश्व सोतोकान (एसकेडियुएन) च्याम्पियनसिप तथा ११ औं कोहाई बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ७ सदस्यीय नेपाली सोतोकान टोलीलाई मंगलबार अध्यक्ष धिर्जेमान तामाङ्ग लगायत संघका उपाध्यक्षहरुले बिदाई गरे ।

संघका महासचिव गोविन्द श्रेष्ठको नेतृत्वमा बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीमा एक अफिसियल र ६ खेलाडी रहेका छन् । महासचिव श्रेष्ठले च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गर्ने छन् । उनले ६० केजी मुनीको तौलमा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा बिष्णु भाई श्रेष्ठ रहेका छन् । यस्तै खेलाडीहरुमा राम नारायण श्रेष्ठ ५० केजी मुनि, लाक्पा लामा पाख्रिन ६० केजी मुनि र जालबहादुर थापा मगर तथा ७५ केजी मुनीमा फुर्पा लाक्पा शेर्पा रहेका छन् ।

च्याम्पियनसिप अक्टोबर १२ देखि १४ सम्म संचालन हुने छ । टोली बुधबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।