0 COMMENTS

काठमाण्डाै ३० असार– नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णलाई गएको आइतबार पुरानोवानेश्वरस्थित पुरानो मेलम्चीको कार्यालयको आसपासमा विहान ११ बजे कालोमोसो दल्ने र जुत्ताको माला लगाइदिन विद्यार्थीहरु योजना बनाएर बसेका थिए ।
त्यो सूचना सिमित पत्रकारहरुलाई पनि थाह थियो । तर त्यो दिन कर्णलाई नभेटेपछि विद्यार्थीहरु फर्केका थिए ।

त्यो दिनको योजना सफल नभएपछि मौका पर्खिरहेका उनीहरुले मंगलबार कर्णकै हाँडीगाउँस्थित निवासमा ज्ञापन पत्र बुझाउने निहूँ बनाएर पुगे । घरको गेट मै ज्ञापन पत्र बुझाउन गएका करिब २० जना विद्यार्थीले कर्णलाई कालाे माेसाे दलिदिए । घरमै कर्णको पत्नी, छोरी र कर्णकै जुत्ताचप्पल जोडेर माला भिराएर सडकमा निकालेर बेज्जत गरेका थिए ।

कोइराला पक्षका भनीने कर्णले सभासद भएपछि पनी नेविसंघको अध्यक्ष पद छाडेका थिएनन । उनले न संगठनको अधिवेशन नै गरेका थिए, न त अरुलाई नै नेतृत्व हस्तान्तरण गर्न सके ।

उनले सभासद भएपछी नेतृत्व पनि आर्कालाई नसुम्पिएको, संगठनको अधिवेशन पनि नगएको र संगठनभित्रै पैसा खाने काम गरेकाले यसो गरेको नेविसंघका कार्यकर्ताले बताएका छन् ।

नेपाल इञ्जिनियरिङ क्याम्पस चाँगुनारायणमा खगेन्द्र कार्कीको अध्यक्षतामा रहेको इकाइ कमिटीलाई कर्णले भंग गरि कार्कीको ठाउँमा भुवन भट्टको नेतृत्वका अर्को कमिटी सभासद कर्णले बनाएको असन्तुस्ट कार्यकर्ताको आरोप छ ।

यस्तै उनले भट्टबाट पैसा खाएर कार्कीको कमिटी भंग गरेको पनि असन्तुष्ट कार्यकर्ताको आरोप रहेको छ । कर्णले अरु ठाउँमा पनी यसैगरी पैसा खाएर कमिटी भंग गर्ने र आफ्ना मान्छे ल्याउने गरेको आरोप असन्तुष्ट पक्षको रहेको छ ।

सो घटनाबारे अध्यक्ष कर्णले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले आफूसँग पैसा मागेको र आफूले दिन सक्दिँन भन्दा घरमै आएर आक्रमण गरेको उनले बताए । आफ्नै सङ्गठनका केही व्यक्तिहरुले सङ्गठनको बदनाम गराउन यस्तो घटना घटाएकोले भन्दै सभासद कर्णले दोषीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न मागसमेत गरे ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले सभासद् कर्णमाथि भएको घटना जति निन्दा गरे पनि कम हुने भन्दै अपराधीको खोजी गरी आवश्यक दण्डको व्यवस्था गर्न प्रहरी प्रशासनलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।