रूसी, जर्मन, जापानी तथा अमेरिकीहरू सक्रिय रूपमा हाम्रा पवित्र पुस्तकहरूबाट नयाँ चीजहरूमा शोध गरिरहेका छन् र ती शाेध सामग्रीहरूलार्इ उनीहरू अाफ्नाे नामबाट दुनियाँभरि प्रचार गरिरहेका छन्। दुनियाँका कतिपय देशहरूमा एक वा अधिक संस्कृत विश्वविद्यालय संस्कृत र वेदका बारेमा अध्ययन र नयाँ प्रविधि प्राप्त गर्नका लागि जुटेका छन्।
हाम्राे देश नेपालमा त अंग्रेजी बोल्नु शानकाे विषय मानिन्छ । अंग्रेजी नजान्दा मानिसहरू आत्मग्लानिकाे अनुभव गर्छन् जसकाे कारणले ठाउँ ठाउँमा इंग्लिश स्पीकिंग कोर्स चलिरहेकाे देखिन्छ।
संस्कृत विश्वकाे सबभन्दा प्राचीन भाषा हाे र समस्त भारतीय उपमहाद्वीपका भाषाहरूकाे जननी हाे। ‘संस्कृत’ काे शाब्दिक अर्थ हाे परिपूर्ण भाषा। संस्कृत पूर्णतया वैज्ञानिक तथा सक्षम भाषा हाे। संस्कृत भाषाकाे व्याकरणले विश्वभरिका भाषा विशेषज्ञहरूकाे ध्यानाकर्षण गरेकाे छ। यसकाे व्याकरणलार्इ देखेर नै अन्य भाषाहरूका व्याकरण विकसित भएका हुन्। आधुनिक वैज्ञानिकहरूका अनुसार याे भाषा कम्प्यूटरमा उपयोगका लागि सर्वोत्तम भाषा हाे तर उनीहरू यसलार्इ कहिल्यै पनि कम्प्युटरकाे भाषा बन्न दिँदैनन्।
भनिन्छ कुनै पनि देशका जाति, संस्कृति, धर्म र इतिहासलार्इ नष्ट गर्नु छ भने सबभन्दा पहिले त्यहाँकाे भाषा कोश नष्ट गर्नुपर्छ। मात्र ३००० वर्ष पहिलेसम्म भारतवर्षभरि संस्कृत भाषा बोलिन्थ्याे । त्यसै क्रममा ईसा पूर्व ५०० वर्ष पहिले पाणिनीले संसारकाे पहिलाे व्याकरण ग्रन्थ लेखेका थिए जुनचाहिँ संस्कृतकाे व्याकरण थियाे। यसकाे नाम ‘अष्टाध्यायी’ हाे।
सन् ११०० सम्म संस्कृत समस्त भारतवर्षकाे राजभाषाका रूपमा जोड्ने प्रमुख कडी थियाे। अरबीहरू र अंग्रेजहरूले सबभन्दा पहिले यसै भाषामाथि अाक्रमण गरे र भारतभरि अरबी र राेमन लिपि र भाषा जबरजस्ती लादिदिए । भारतका कयाैँ भाषाहरूकाे लिपि देवनागरी थियाे तर उनीहरूले त्यसलार्इ फेरेर अरबी बनाइदिए भने कतिपय भाषाका लिपिहरू पूर्ण रूपमा नष्ट गराइदिए। यसकाे श्रृंखला अझै राेकिएकाे छैन । त्यसैले उनीहरू अझै पनि नेपाली, हिन्दीजस्ता भाषाहरूकाे लिपिलार्इ छद्म रूपमा राेमन लिपिमा बदल्ने धृष्टता गरिरहेका छन्।
यदि त्याे समयमा संस्कृत व्यापक रूपमा बाेलिदैँन थियाे भने व्याकरण लेख्ने आवश्यकता नै हुँदैनथ्याे। भारतीय उपमहाद्वीप आज जति पनि भाषाहरू बोलिन्छन् ती सबै भाषाहरू संस्कृतबाट नै जन्मेका हुन् र यसकाे इतिहास मात्र १५०० देखि २००० वर्ष पुरानाे छ। यस अार्यावर्तमा त्यसभन्दा पहिले संस्कृत, प्राकृत, पाली, अर्धमागधि आदि भाषाहरूकाे प्रचलन थियाे।
आदिमकालमा भाषा अस्तित्वमा थिएन बरू त्याे समयमा ध्वनि संकेतमार्फत् सम्पर्क स्थापित गरिन्थ्याे। ध्वनि संकेतहरूबाट नै मानिसहरू एकले अर्काकाे भनाइ बुझ्दथे। समय क्रममा त्यसपछि चित्रलिपिहरूकाे प्रयोग गर्न थालियाे। प्रारम्भिक मनुष्यहरूले भाषाकाे रचना अाफ्नाे विशेष बौद्धिक प्रतिभाकाे भरमा गरेका हाेइनन्। उनीहरूले अाफ्ना-अाफ्ना ध्वनि संकेतहरूलार्इ चित्र रूप वा विशेष आकृतिका रूप दिन थाले। यसरी भाषाकाे क्रमश: विकास भयाे। यस क्रममा कुनै पनि प्रकारका बौद्धिक र वैज्ञानिक क्षमताकाे उपयोग गरिएकाे पाइँदैन।
संस्कृत मात्र यस्ताे भाषा हाे जसकाे रचना भएकाे हाेइन। वास्तवमा भन्ने हाे भने यस भाषाकाे खोज गरिएकाे हाे।अार्यावर्तमा पहिलाे पटक ती मानिसहरूले मानव समुदायलार्इ एउटा कुनै लिपियुक्त र प्रखर भाषा चाहियाे जसका माध्यमबाट उनीहरू परस्पर संप्रेषण र विचार विमर्श मात्र हाेइन यसकाे कुनै वैज्ञानिक र मनाेवैज्ञानिक अाधारभूमि पनि हाेस् भन्ने सोच-विचार गरे। यी मानिसहरू हिमालयका आसपास वा अर्काे शब्दमा भन्नुपर्दा हिमवत खण्ड नेपालकाे सेराेफेराेमा बस्दथे।उनीहरूले बाेल्न र व्यवहार गर्न थालेकाे भाषा वास्तवमा प्रकृतिसम्मत थियाे।यसरी संसारमा पहिलाे चाेटि यदि कुनै भाषा यति परिष्कृत हिसाबले व्यवहारमा प्रयाेग भएकाे भाषा कुनै भाषा थियाे भने अवश्यमेव त्याे संस्कत नै थियाे भन्दा अत्युक्ति हुँदैन। किनभने यसकाे आविष्कार गर्नेहरू अरू काेही नभएर स्वयं देवलोकका देवता थिए । त्यसैले त यसलार्इ देववाणी भनिन थाल्याे। संस्कृतलार्इ देवनागरी लिपिमा लेखिन्छ। देवताहरू हिमालयकाे उत्तरमा बस्दथे।
दुनियाँका सबै भाषाहरूकाे विकास मानव, पशु-पक्षीहरूद्वारा सुरूवातमा बालिएका ध्वनि संकेतहरूका आधारमा भयाे अर्थात मानिसहरूले भाषाहरूकाे विकास गरे र त्यसलार्इ अाफ्नाे देश र धर्मकाे भाषा बनाए। तर संस्कृत कुनै देश वा धर्मकाे भाषा हाेइन याे त अपौरूष भाषा हाे किनभने यसकाे उत्पत्ति र विकास ब्रह्माण्डका ध्वनिहरूलार्इ सुनी-जानीकन भयाे। याे आम मानिसहरूद्वारा बोलिएका ध्वनिहरू हाेइन।
धरती र ब्रह्माण्डमा गति सर्वत्र छ। चाहे वस्तु स्थिर होस् वा गतिमान हाेस्। गति छ भने ध्वनि त अवश्य निस्कन्छ। ध्वनि छ भने अवश्यमेव शब्द निस्कन्छ। देवताहरू र ऋषिहरूले उक्त ध्वनिहरू र शब्दहरूलार्इ समातेर त्यसलार्इ लिपिमा बाँधे र त्यसकाे महत्व र प्रभावलार्इ बुझे।
संस्कृत विद्वानहरूका अनुसार सौर परिवारकाे प्रमुख सूर्यकाे एकातिरबाट ९ रश्मीहरू निस्कन्छन् र यिनीहरू चारैतिरबाट अलग-अलग निस्कन्छन्। यसरी कुल मिलाएर ३६ रश्मीहरू हुन गए। यी ३६ रश्मीहरूका ध्वनिहरूका अाधारमा संस्कृतका २६ स्वर बने। यसे गरी सूर्यका जब ९ रश्मीहरू पृथ्वीमा आउँछन् त्यतिबबेला तिनीहरू पृथ्वीका ८ वसुहरूसँग ठक्कर खान्छन्। सूर्यका ९ रश्मीहरू र पृथ्वीका ८ वसुहरू आपसमा ठक्कर खाँदा जुन ७२ प्रकारका ध्वनिहरू उत्पन्न भए, तिनीहरू संस्कृतका ७२ँ व्यंजन बन्न पुगे। यस प्रकार ब्रह्माण्डमा निस्कने कुल १०८ ध्वनिहरूमा नै संस्कृतकाे वर्ण माला आधारित छ।ब्रह्माण्डकाे ध्वनिहरूकाे रहस्यका बारेमा वेदबाट नै जानकारी पाइन्छ। यी ध्वनिहरूलार्इ अन्तरिक्ष वैज्ञानिकहरूकाे संगठन नासा र इसरो ले पनि मानेकाे छ।
भाषा वैज्ञानिकहरूका अनुसार अरबी भाषा कण्ठबाट र अंग्रेजी भाषालार्इ केवल अाेठबाट नै ही बोलिन्छ तर संस्कृत भाषामा वर्णमालालार्इ स्वरहरूकाे आवाजका आधारमा कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, अंत:स्थ र ऊष्म वर्गहरूमा बाँडिएकाे पाइन्छ। वास्तवमा नेपाली जनमानसमा संस्कृत भाषाका बारेमा पर्याप्त जानकारी गराउने अभिलाषाले हामीले याे अालेख यहाँ प्रकाशित गरेका छाैँ । अाफ्नाे गाैरवशाली धराेहरका बारेमा उत्पन्न जिज्ञासालार्इ समाधान गर्दै त्यसप्रति भावी पुस्तालार्इ हस्तान्तरण गर्नु हाम्राे एक मात्र अभिष्ट हाे ।