0 COMMENTS

काठमाडौं१९फागुन०७४/ कैलाली टीकापुर घटनाका अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई पनि प्रतिनिधिसभाका अरू सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ ।

सचिवालयले आयोजना गरेको दलहरूबीचको छलफलमा राजपा नेता बृजेशचन्द्र लालले चौधरी जनताबाट निर्वाचित भइसकेकाले उनले शपथ लिन पाउनुपर्ने बताएका हुन् । जब कि अदालतको आदेशमा चौधरी अहिले थुनामा छन् ।

चौधरीले थारू भाषामा शपथ गर्ने गरी निवेदन दर्ता पनि गराएका छन् । स्रोतका अनुसार उनले पार्टीका शुभचिन्तकमार्फत निवेदन दर्ता गराएका हुन् । तर, सर्वोच्च अदालतले अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न नपाउने फैसला गरेको थियो । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।