0 COMMENTS

 काठमाण्डाै१६फागुन०७४/आफ्नो भान्जाको बिहेमा उपस्थीत हुने क्रममा दुबईमा मृत्युवरण गर्न पुगेकी श्रीदेवीको मृत्यु थप रहस्यमय बन्दै गएको छ । भान्जाको बिहेको लागी दुबई पुगेकी श्रीदेवीको साथमा श्रीमान बोनी कपूर र उनकी कान्छी छोरी थिईन् । सुरुमा उनको मृत्यु कार्डियाक अरेस्टबाट भएको भनिएको थियो । तर, फरेन्सिक रिपोर्टले पानीमा डुबेर उनको मृत्यु भएको ठहर गर्‍यो । उनको मृत्युका सम्वन्धमा नयाँ नयाँ खुलासा सँगै मृत्यु कतै हत्या त होईन भन्ने आशंका गर्न थालीएको छ ।

दुबई प्रहरीको बयानअनुसार श्रीदेवीले रक्सी पिएकी थिइन् र बाथरुममा अनियन्त्रित भएर बाथटबमा खसेकी थिइन् । त्यहीँ उनको मृत्यु भएको भनिएको छ ।घटनाले श्रीदेवीका साथमै रहेका श्रीमान बोनी कपुर शंकाको घेरामा मुछीएका छन् र उनमाथी यस्ता प्रश्नहरु तेस्र्याईएका छन् –

प्रश्न १. बोनी कपूर आफ्नो भान्जाको बिहेमा श्रीमती र कान्छी छोरीका साथमा दुबई गएका थिए । तर, बिहे सकिनासाथ मुम्बई फर्किए । तर, केवल एक दिनका लागि उनी श्रीदेवीलाई छोडेर किन फर्किए रु फेरि श्रीदेवीलाई सरप्राइज दिनका लागि दुबई किन गए ?

प्रश्न २. डाक्टरले सवाल उठाएका छन् कि यदि बाथटबमा खसेर मृत्यु भएको हो भने श्रीदेवी शरीरमा चोटको दागहरु किन छैनन् ?

प्रश्न ३. आखिर श्रीदेवीले कति रक्सी पिएकी थिइन् र उनी आफूमाथि नियन्त्रण राख्न सकिरहेकी थिइनन् रु उनका पारिवारिक साथी अमर सिंहले बताएअनुसार श्रीदेवी कहिले पनि हाई ड्रिंक ९रक्सी० पिउँदिन थिइन् । यद्यपि कहिलेकाहीँ वाइन सेवन गर्थिन् ।

प्रश्न ४. के यो सम्भव छ कि श्रीदेवीलाई बलजफ्ती रक्सी पिलाइयो र बाथटवमा फ्याँकियो ?

प्रश्न ५ . बाथरुममा श्रीदेवी पस्नुभन्दा अगाडि नै बाथटबमा पानी किन भरिएको थियो । के सोचविचार गरेरै बाथटबमा पानी भरिएको हो ?

प्रश्न ६. अनुसन्धानले देखाएअनुसार बोनी कपुरले सुरुमा डाक्टरलाई नभएर साथीलाई फोन गरेका थिए रु उनले किन यसो गरे ?

प्रश्न ७. पोस्टमार्टम रिपोर्टमा बाथटबमा डुबेर मृत्यु भएको भनिनु नै आश्चर्यजनक छ । किनकी त्यो बाथटव थियो, कुनै स्वीमिङ पुल होइन । बाथटवमा डुबेर मर्न कसरी सम्भव छ ?

प्रश्न ८. भान्जाको बिहे सकिएपछि श्रीदेवी आफ्नी बहिनीका साथ दुबईमा रोकिएकी थिइन् । उनी आफ्नी बहिनीसँग केही समय बिताउन चाहन्थिन् । तर, मिडिया रिपोर्टमा बताइएको छ कि श्रीदेवी बितेको ४८ घन्टासम्म होटलबाट बाहिर निस्केकी थिइनन् ।

प्रश्न ९.राति ९ बजे नै भएको घटनाको खबर किन मध्यरातपछि मात्रै बाहिर आयो ?

प्रश्न १०. होटल स्टाफका अनुसार करिब राति १०ः३० बजे श्रीदेवीले पानी अर्डर गरेकी थिइन् । सर्भर करीब १५ मिनेट रुममा पुगे । उनले डोर बेल बजाए । तर ढोका खुलेन । यस्तोमा कुनै अप्रिय घटनाको आशंकामा उनले होटलको अलार्म बटन दबाए ढोका फोडियो । श्रीदेवी बाथरुम फ्लोरमा लडेकी थिइन् । उनको धड्कन चलिरहेको थियो । त्यतिबेला ११ बजेको थियो । तर, यो सबै हुँदा होटलमै रहेका बोनी कपुर के गरिरहेका थिए भन्ने किन खुल्न सकेको छैन ?

बोनी कपुरमाथि प्रहरीले गर्‍यो साढे ३ घन्टा सोधपुछ

श्रीदेवीको रहस्यमय मृत्यू सम्वन्धमा दुबई प्रहरीले उनका पति बोनी कपुरसँग साढे तीन घन्टा सोधपुछ गरेको छ । चार प्रहरी अधिकारीले बोनीसँग सोधपुछ गरेपछि उनको बयान क्यामरामा पनि खिचिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।