0 COMMENTS

छोराको जवानी देख्दा ,
लाग्छ ,
समय मलाइ छोडेर ,
धेरै अगाडी गै सक्यो ।
हिजो सम्मको भरिलो ,
मेरो यौवन पनि ,
अब बासी भै सक्यो ।
हेर्दा हेर्दै ,
मेरो छोरो निक्कै ठुलो भै सक्यो ।
आमाको स्नेहको झुपडी छोडेर ,
आफ्नै जवानीको संसारमा ,
बिहानै उठेर उ गै सक्यो ।
देख्छु अनि अरुले पनि भन्छन ,
मेरो छोरा ,
निक्कै ज्ञानी भै सक्यो

खुसी लाग्छ ,
बाल्यकालको ,
मीठो , अबोध अनि चुलबुले बानीको भर्पाइ ,
समयलाइ बुझाउदै ,
समयको चक्रब्युह छिचोल्न ,
उ आफै अगाडि गै सक्यो ।
हो मैले साच्चै भनेको ,
छोरा निक्कै जान्ने भै सक्यो ।

मेरो मनले भन्छ ,
छोरा !
तिम्रो यौवन भित्र लुकेको ,
उर्जाको प्रकाशमा ,
मेरो नातीको भबिष्य देखिनु पर्छ ।
इतिहासमा म हार्नुको कारण ,
समयलाई नढाटी ,
नातीलाइ साछी राखेर ,
तिम्रै कलम द्वारा लेखिनु पर्छ ।
अनि ,
तिम्रो सुदामा जस्तै बाबुले ,
जोगाएर राखेको ,
तिमि जन्मेको झुपडी ,
सम्भावित आधी र तुफान बाट बचाउन ,
तिम्रै कर्मको पर्खाल द्वारा छेकिनु पर्छ ।

तिमिले कुदेको बर्तमानको ऐनमा ,
भबिष्यमा मेरो नाती बस्ने ,
महलको आकृती देखिनु पर्छ ।
अनि महलको प्रत्यक भित्तामा ,
कहिल्यै नमेटिने गरि ,
मेरो नातीले गर्नुपर्ने ,
निष्काम कर्मको ,
संविधान लेखिनु पर्छ ।
छोरा !
संसारको आखामा ,
तिम्रो पुरुषार्थको उचाइ ,
हिमाल जस्तै अग्लो देखिनु पर्छ ।
देशको भबिष्यको चिना ,
छोरा !
तिम्रै बर्तमानमा लेखिनु पर्छ ।

मलाइ गाली नगरेस ,
म नामर्दै सहि ,
तर तिमि समाजमा ,
अर्जुन जस्तै भएर देखिनु पर्छ ।
कहिलेकाही तिमिले पनि ,
अभावको पिडामा ,
म जस्तै भएर ,
रुन सिक्नु पर्छ ।
आस नगर अरु कसैको ,
देश दुखाउने खिल ,
तिमि आफैले ,
होसियारी पुर्वक झिक्नु पर्छ ।

म ढुक्क छु ,
मेरो छोरा ,
अब ज्ञानी भै सक्यो ।
समयलाइ उछिन्न ,
सबेरै उठेर उ कतै गै सक्यो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।