0 COMMENTS
रचना डा.सुरेन्द्र सिटाैला

तिमि जन्मिनु पुर्व ,
तिम्रा बा ले ,
तिम्री आमालाई ,
कसरी बरणी गरे ,
फकाए, फुल्स्याए वा ,
जबरजस्ती गरे,
त्यो तिम्रो सरोकारको,
कुरो हुनु हुन्न ।
तिमि जन्मी सकेपछी ,
तिम्रो आगमनको इतिहास पढेर ,
तिमि आफै रुनु हुन्न ।

तिम्रा वावुले ,
तिमिलाइ जन्माउने पुरुषार्थको युद्धमा ,
तिम्री आमालाइ जबर्जस्ति गर्यो भन्दै ,
तिमिले आफ्नै वावुलाइ बलात्कारी भन्नु हुन्न ।
वावुले दुख्ख गरि बनाएको ,
तिमि आफै बस्ने ,
तिम्रै घर जलाउने गरि ,
जातिय युद्धको आगो ,
आबेशमा आएर ,
तिमि आफैले फुक्नु हुन्न ।

म यति मात्र भन्छु ,
सत्य र असत्य नछुट्टयाइ ,
असत्य बिरुद्ध लड्छु भन्दै गर्दा ,
सत्यको मलामी भएर ,
हाम्रो साझा स्वाभिमान ,
कसैको अगाडि ,
लम्पसार भएर झुक्नु हुन्न।
मान्छे आफैमा चेतनशिल प्राणी हो ,
आफैलाइ लाजमर्दो हुने गरि ,
मलाइ जन्माउदै गर्दा,
मेरी आमालाइ
मेरो बाबु स्वयामले ,
बलत्कार गर्यो भन्दै ,
जथाभावी ,
तिमिले पनि भुक्नु हुन्न ।

मैले भन्न खोजेको यतिमात्र हो कि !
तिम्रो हाम्रो साझा अस्तित्वलाइ ,
समयको गर्भमा,
एक्लै गर्भाधान गर्ने ,
त्यो एक्लो पृथ्वीनारायण लाइ ,
म भन्छु ,
तिमिले जथाभावी भन्नु हुन्न ।
तर तिमि मान या नमान
रिसाएर उसैलाइ तिमिले जति थुके पनि ,
तिम्रो थुकाइले ,
उसलाइ कतै छुदैन ।

साच्चै रिस उठ्यो तिमिलाइ भने ,
मलाइ मतलब छैन ,
भत्काइ देउ उसका शालिक हरु ,
खुसी पार तिम्रा जातीय स्वार्थका मालीक हरु ।
तिमि जति रिसाए पनि ,
उसका बिरुद्ध जतिनै उफ्रिए पनि ,
हेर्दै जाउ ,
तिमि बिरुद्ध उभिने छन ।
उसैले रोपेका
राष्ट्रिय चेतनाका लहर हरु ।
अनि बन्नेछन ,
तिमिले कल्पनै नगरेका ,
तिमि हामी सबैको आस्था र खुसी अटाउने ,
नया नेपाली घर अनि शहर हरु ।

यति हो ,
बाबुको स्वाभिमानमा ,
सन्तानको खुसी अटाउनु पर्छ ,
आफु जन्मि सकेपछी ,
सबै सन्तानले ,
बाबु बलात्कारि हो भन्ने भ्रम पनि ,
हटाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।