0 COMMENTS

facebook-bringing-your-profile-videoकाठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो फोन एप्लिकेशनमा नयाँ फिचर जोडेको छ । फेसबुकका अनुसार यो नयाँ फिचर प्रयोगकर्तालाई आफूलाई अभिव्यक्त गर्ने थप अवसर दिन यस्तो नयाँ फिचर ल्याइएको हो । यसका साथै यो नयाँ फिचरले प्रयोगकर्ताको प्रोफाइलमा देखिने सामग्रीलाई पनि नियन्त्रण गर्नेछ ।

यो ठूलो परिवर्तनमा सबैभन्दा ठूलो चिज प्रोफाइल भिडियो हो । यो नयाँ फिचरका कारण प्रयोगकर्ता एउटा छोटो, लुपिङ्ग मुभी बनाएर आफ्नो प्रोफाइलमा राख्न सक्नेछन् । यसलाई फेसबुक प्रयोगकर्ताले देख्न सक्नेछन् । यद्यपि यसलाई अपडेट गर्न केही समय लाग्नेछ ।

एउटा अर्को प्रोफाइल फिचरमा तपाईं आफ्नो फोटोको टेम्पोररी भर्सन पनि राख्न सक्नुहुन्छ । यसमा, तपाईंको फोटो तपाईले सेट गर्नुभएको समयपछि बदलिनेछ । यसरी फेरिएपछि तपाईंको मुख्य फोटो पुनः प्रोफाइल पिक्चरको रुपमा देखिनेछ ।

फेसबुकका अनुसार यो फिचर प्रयोगकर्तालाई उसको विशेष तस्बिरलाई स्थायी तस्बिर नबनाइकन प्रोफाइल तस्बिर बनाउने मौका दिनेछ । तपाईको प्रोफाइलमा कस्टमाइजेबल स्पेसका कारण तपाईंको लागि यसलाई नियन्त्रण गर्न सजिलो हुनेछ । जसको कारण तपाई कसरलाई के देखाउन चाहनुहन्छ, त्यो पनि सम्भव हुनेछ ।

तपाईंले यस्तो किसिमको विशेष स्पेशका कारण तपाईंका फेसबुक साथीले तपाईंबारे के देखुन र के जानुन् भन्ने निर्धारण गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।