0 COMMENTS

काठमाडौं, २७ असार। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सबैलाई मान्य हुने संविधान आउनै नसक्ने दाबी गरेका छन् । भिन्न विचार र सिद्धान्त बोकेका दलहरुबीच सर्वसम्मत संविधान निर्माण गर्न सम्भव नहुने उनले बताए ।

आइतबार ईमेज एफएमसँग कुरा गर्दै एमाले उपाध्यक्ष ज्ञवालीले संविधानसभामा अधिकभन्दा अधिक सहमति जुटाएर संविधान निर्माण गर्ने प्रयासभइरहेको जिकिर गरे ।

संविधानका बारेमा केही दलमा देखिएको असन्तुष्टितर्फ संकेत गर्दै उनले भने, ‘सानातिना विरोधको अर्थ छैन ।’ प्रदेशको सीमांकन र नामांकनको विवाद अहिले नटुंगिने प्रष्ट पार्दै उनले साउनको अन्त्यसम्ममा नयाँ संविधान जारी हुने बताए ।

मुलुक धर्मनिरपेक्षतामा गइसकेको परिस्थितीमा अब धर्मसापेक्ष हुन नसक्ने दाबीसमेत उनले गरे । ‘अब देश धर्मसापेक्ष बन्न सक्दैन,’ उनले भने, ‘जबर्जस्ती धर्म परिवर्तन गराउनेलाई कडा कारवाही गर्नुपर्दछ ।’

संविधान जारी भइसकेपछि एमालेको नेतृत्वमा सरकार गठन हुने उनले बताए । उनले भने, ‘संविधान जारी भइसकेपछि मुलुकको दोस्रो ठूलो दल एमालेको नेतृत्वमा सरकार गठन हुन्छ, यसमा प्रमुख दलहरुबीच सहमति भइसकेको छ ।’

नेपाली राजनीतिमा राजनीतिक आदर्शलाई बिर्सिएर मनोमानी गर्ने नेताहरुको कमी नरहेको उल्लेख गर्दै उनले त्यस्ता नेतालाई जनताले दण्ड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।