0 COMMENTS

 काठमाडौँ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले वाणिज्य नीति–२०७२ एक साताभित्र आउने बताएका छन् ।

नेपाल पस्मिना उद्योग सङ्घको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले उद्योगी, व्यवसायी तथा विज्ञको सुझाव लिएर वाणिज्य नीति–२०५७ लाई परिमार्जन गरी नयाँ नीति ल्याउन लागिएको बताए। नयाँ नीतिले मुलुकमा उत्पादन भएका वस्तु निर्यात तथा व्यवसायीको संरक्षण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

मन्त्री थापाले अहिले देशमा करिब रु नौ खर्बको व्यापार घाटा रहेको र त्यसलाई हटाउन कृषि क्षेत्र, सेवा क्षेत्र, जलविद्युत् क्षेत्र र बहु क्षेत्रको व्यापक उपयोग गर्नुपर्नेमा जोड दिँदै सहस्राब्दी लक्ष्य हासिल गर्न व्यापार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक भएकाले उनीहरुको सक्रियता नै देश विकासको आधार हुने बताउँदै उद्योग तथा व्यापार फष्टाउन नीतिगत स्थायित्व आवश्यक रहेको र त्यसका लागि राजनीतिक स्थिरताको खाँचो रहेको औंल्याए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ र नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष दुर्गाविक्रम थापाले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि सरकारले व्यवसायीलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

 

नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष पुष्पमान श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपाली पस्मिनाको राम्रो माग भए पनि कच्चा पदार्थको अभाव, विद्युत् भार कटौतीलगायतका समस्याले विदेश निर्यात गर्न नसकिएको बताए ।

त्यस क्षेत्रमा एक हजार व्यवसायी संलग्न छन् भने २० हजारलाई रोजगारी प्रदान गरेको छ । गएको वर्ष पस्मिना रु चार अर्बको कारोबार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।