0 COMMENTS

217341असार २७ – एसेज टेस्टमा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ । पहिलो टेस्टमा अस्ट्रेलियालाई १ सय ६९ रनले पराजित गर्दै इंग्ल्याण्डले १–० को अग्रता लिएको हो । ४ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दोस्रो पालीमा सबै विकेट गुमाउँदै २ सय ४२ रनमा समेटिएपछि इंग्ल्याण्ड १ सय ६९ रनले विजयी भएको हो । दोस्रो पारीमा अस्ट्रेलियाका मिचेल जोनसनले ७७, डेभिड वार्नरले ५२ तथा स्टेफन स्मिथले ३३ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।  इंग्ल्याण्डका स्टुवार्ड ब्रोड र मोइन अलीले समान तीन तीन विकेट लिए । इंग्ल्याण्डले दोस्रो पालीमा २ सय ८९ रन बनाएको थियो । पहिलो पालीमा जोए रुटको १ सय ३४ रनको मद्धतमा इंग्ल्याण्डले ४ सय ३० रन बनाएको थियो । अस्ट्रेलिया भने पहिलो पालीमा ३ सय ८ रनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।