0 COMMENTS

                                                               

FACEBOOK-300x204काठमाडौं,असार २६ ‘तपाईंलाई सुन्दर युवती चाहिएको छ भने…नम्बरमा फोन गर्नुहोस् ।’ कोटेश्वरका कृष्ण उराउले केही दिनअघि फेसबुकमा यस्तो स्ट्याटस लेखे ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
उनले वेश्यवृत्तिमा संलग्न व्यक्तिको नभई आफ्नै पूर्वप्रेमिकाको नम्बर त्यसरी स्ट्याटसमा राखेको थिए ।

उराउका कारण हैरान भएपछि पीढित युवती महानगरीय अपराध महाशाखा पुगिन् । उराउलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पहिला प्रेमसम्बन्ध भएकी युवतीसँग बदला लिन उनले त्यसरी फेसबुकको दुरुपयोग गरेका थिए । बारम्बार झगडा भएपछि युवतीलाई यातना दिन फेसबुकमा मोबाइल नम्बर राखेर उनले अश्लील कुरा पोस्ट गर्दै आएका थिए । आफ्नो बेइज्जत भएपछि युवतीले उजुरी दिएकी थिइन् । उनीविरुद्द प्रहरीले विद्युत्तीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ । यस्ता घटना हरेक दिनजसो प्रहरीकहाँ आउने गरेका छन् । अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपति रायका अनुसार आर्थिक वर्ष ०७१–७२ मा फेसबुकबाट पीडित तीन सय नौजनाले अनुसन्धानका लागि निवेदन दिएका छन् । त्यसमध्ये १३ जनाविरुद्द मुद्दा नै चलाइएको उनले बताए । अन्यमा भने दुई पक्ष आपसमा मिलेर गएका थिए । मुद्दा चलाइएकामध्ये केही जेल चलानसमेत भएका छन् । हरेक महिना नेपाल प्रहरीले १५ देखि २० वटा फेसबुक एकाउन्ट ब्लक गर्न सिंगापुरस्थित फेसबुक कार्यालयलाई पत्राचार गर्दै आएको छ । सामाजिक सञ्जाल फेसबुकको अत्यधिक दुरुपयोग हुन थालेको र धेरैले प्रतिशोधको हतियार बनाउने गरेको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।