0 COMMENTS

काठमाडौं, २९ चैत०७३/ कांग्रेस काभ्रे क्षेत्र नं १ का सांसद तीर्थ लामाका सहयोगी तथा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ । गौरीघाट स्थित दिब्य पार्टी प्यालेसमा उनीमाथि गोली प्रहार भएको हो । अज्ञात ब्यक्तिको गोली प्रहारबाट लामाको ढाँड र खुट्टामा गोली लागेको छ। गोली लागेका लामालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योगमा पक्राउ परेका दावालाई कांग्रेस सांसद तीर्थ लामाले छुटाएका थिए । सांसद लामा पनि यसअघि गुण्डा नाइकेका रुपमै चिनिन्थे । शेरबहादुर देउवासँगको सम्पर्कबाट कांग्रेसको टिकट लिएर संविधानसभाको दोस्रो चुनावमा तीर्थ काभ्रेबाट विजयी भएका थिए । तीर्थ सांसद भएपछि तीर्थको समुहबाट दावा गणेश लामाको समुहमा गएका थिए ।

महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा छन्। काठमाडौंमा जुवा खेलाउने, पैसा लुट्नेलगायत अपराधिक घटनामा उनी संलग्न देखिँदै आएका छन्।एक महिना अगाडि महानगरीय प्रहरी वृत्त दरवारमार्गले उनलाई पक्राउ गरेकोमा धरौटीमा छोडेका थिए।

काभ्रे दोलालघाट घर भएका दावा अपराधमा पक्राउ पर्दे छुट्दै आएका पटके गुण्डा हुन् । उनले क्यासिनोमा मिटब्याजमा पैसा परिचालन गर्ने गर्दै आएका थिए । सांसद तर्थ गुण्डागर्दीमा हुँदा देखि नै उनी तीर्थको समुहमा थिए ।गौरीघाटस्थित दिब्य पार्टी प्यालेसमा गोली लागेका उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइररहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।