0 COMMENTS

email-logoकुनै समारोह वा घरायसी कार्यक्रमका फोटाहरू साथीभाइलाई पठाउन होस् वा अन्य कुनै डकुमेण्ट पठाउन होस्, ईमेलकै प्रयोग गर्नुपर्छ । ईमेलविना अहिलेको दैनिकी चलाउन प्रायः मुश्किल नै हुन्छ । ईमेल भनेको इलेक्ट्रोनिक मेसेज पठाउने एउटा माध्यम हो । २ दशक अगाडिसम्म हुलाकमार्फत चिठीपत्र पठाउनुपर्थ्यो भने अचेल ईमेल सहज र सरल माध्यम बनेको छ । ईमेल प्रकाशको गतिमा जाने वा आउने गर्छ । यसका लागि कम्प्युटर वा मोबाइलको प्रयोग गरी इण्टरनेट जोडिनुपर्ने हुन्छ । विनाइण्टरनेट ईमेल आदानप्रदान गर्न सकि“दैन । ईमेलबाट टेक्ष्ट वा डकुमेण्ट पठाउँदा खासै झन्झट हुँदैन । तर, फोटा र भिडियो पठाउनुपर्‍यो भने आपत् आइपर्छ । फोटाको साइज ठूलै भएका कारण पठाउन गाह्रो भएको अनुभव धेरैले गर्दै आएका छन् । सामान्यत ईमेल पठाउँदा २५ एमबीभन्दा वढी साइज पठाउने अनुमति ईमेल सेवा प्रदायकले दिँदैन । तथापि, ईमेलको माध्यमबाट कुनै पनि ठूला आकारका फाइल पठाउनै नमिल्ने भन्ने होइन । अलिकति बुद्धि पुर्याउने हो भने १ सय एमबीसम्मका फाइललाई ईमेल गर्न सकिन्छ । वास्तवमा ईमेल एकाउण्टमा अनलाइन डाटा सुरक्षित राख्न अधिकांश ईमेल सेवा प्रदायकले यसका लागि सीमित क्षमता मात्र उपलब्ध गराउने गर्छन् । केही ईमेल एकाउण्टमा अनलिमिटेड डाटा स्टोरेज गर्ने सुविधा पनि दिइएको हुन्छ ।

जीमेल
गूगलले जीमेलमा १५ जीबीसम्मको अनलाइन डाटा स्टोरेज स्पेस उपलब्ध गराएको छ । तर, समयअनुसार डाटा सङ्कलित हुँदै जाँदा यो अपर्याप्त हुन थाल्छ । यसपछि प्रयोगकर्तासँग एउटै विकल्प रहन्छ, आफ्ना पुराना डाटा डिलिट गर्ने । यस्तो बेला कतिपय अवस्थामा आवश्यक डाटासमेत डिलिट गर्नुपर्ने हुन्छ । यसो नगरेमा इनबक्समा स्पेसको अभाव हुन्छ, ईमेल आउन बन्द हुन्छ ।

यस्तोमा या त वर्षौंदेखि जोगाएर राखिएका डाटा डिलिट गर्नुपर्ने हुन्छ, या जीमेलसँग मासिक वा वार्षिक दरमा नयाँ स्पेस खरीद गर्नुपर्ने हुन्छ । जीमेलमा डाटा स्टोरेज क्षमता र सिङ्गल मेल सेण्डिङ क्षमता सीमित भए तापनि यसमा हरेक अत्याधुनिक फिचर समावेश गरिएको छ । गूगल मेलसँगै गुगलसँग गूगल प्लस, गुगल ड्राइभ, गुगल फोटो, यूट्यूब, गुगल म्याप्स, न्यूजलगायत फिचर्स पनि रहेका छन् । जीमेलका प्रयोगकर्ता ९ मिलियनभन्दा बढी रहेका छन् ।

याहू मेल
जीमेलपछि सर्वाधिक प्रयोग हुने मेलका रूपमा याहू मेल परिचित छ । यसको प्रयोग संसारभरका करीब ३ सय मिलियन मानिसले गर्छन् । हालै याहू मेलले आफ्ना प्रयोगकर्ताहरूका लागि सञ्चय क्षमता (स्टोरेज स्पेस) पनि बढाइदिएको छ । अब याहूको ईमेल सेवामा उपभोक्ताका लागि १ टीबी (टेराबाइट) अर्थात् १ हजार जीबी डाटा स्टोरेज स्पेस उपलब्ध गराएको छ ।

अनलाइन डाटा स्टोरेज र सेभिङका दृष्टिकोणले यो निकै राम्रो प्लेटफर्म हो । साथै, हेभी फाइल (ठूला आकारका) एट्याच तथा प्रेषित गर्नका लागि पनि यो निकै उपयोगी छ । याहू मेलको प्रयोग गरी १ सय एमबीसम्मका फाइल अपलोड गर्न सक्ने सुविधा छ ।

मेलडटकम र एओएल मेल
ईमेल सेवा प्रदायकको स्टोरेज डाटा क्षमता कम छ भने मेलडटकम उपयुक्त विकल्प प्रमाणित हुन सक्छ । यो ईमेल सर्भिसले प्रयोगकर्ताका लागि असिमित स्टोरेज डाटा उपलब्ध गराउँछ । असीमित डाटा स्टोरेजका कारण इनबक्स व्यवस्थित गर्नका लागि कुनै पनि मेल डिलेट गरिरहनुपर्ने झन्झटबाट जोगिन सकिन्छ । साथै, यसको माध्यमबाट अधिकतम ५० एमबीसम्मको फाइल पनि ईमेल गर्न सकिन्छ । यसमा डोमेन नेम सेवा प्रदायककै राख्नुपर्ने बाध्यता पनि छैन । उदाहरणका लागि हटमेल सेवाको उपयोग गर्ने मानिसले २ हटमेल डटकम लेख्नैपर्ने हुन्छ । तर, यसमा २ का पछाडि आफ्नो इच्छाअनुसार इञ्जिनीयर, डाक्टर, एशियालगायत जे पनि लेख्न मिल्ने छूट दिइएको छ ।

एओएल मेलमा पनि असीमित स्टोरेज स्पेश सुविधा उपलब्ध छ । यसको माध्यमबाट २५ एमबीसम्मका फाइल ईमेल गरी पठाउन सकिन्छ । यो सर्भिसमा पनि मेलडटकममा जस्तै २ पछाडि मेलडटकममा जस्तै आफुले इच्छाएको नाम वा शब्द चयन गर्ने सुविधा उपलब्ध छ । यसमा जीमेल, याहूलगायत सेवामा जस्तै म्यासेञ्जरको सुविधा दिइएको छ ।

आउटलुक
आउटलुक माइक्रोसफ्टको ईमेल सेवा हो । माइक्रोसफ्टको वानड्राइभ, स्काइप, पीपल तथा क्यालेण्डर सेवाको प्रयोग गर्न सकिन्छ । आउटलुकको माध्यमबाट ईमेल एकाउण्टमै यी सबै सेवा एकसाथ जोडेर (कन्फिगर) प्रयोग गर्न सकिन्छ । यो ईमेलमा ५ जीबीसम्मको डाटा स्टोरेज निःशुल्क उपलब्ध गरिएको छ । त्यसैगरी एकपटकमा २५ एमबीसम्मका फाइल यसको माध्यमबाट पठाउन सकिन्छ । यो मेल सेवामा रहेको स्वचालित डिलिट प्रणाली (अटोमेटिक डिलिट सिष्टम)पनि प्रयोगकर्तामाझ निकै लोकप्रिय रहेको छ । यसले प्रयोगकर्ताद्वारा ब्ल्याकलिष्ट गरिएका ईमेल स्वचालित रूपमा डिलिट गरिदिन्छ । कतिपय अवस्थामा जङ्कका रूपमा प्रमाणित ईमेल पनि यसले इनबक्समा आउनुअगावै डिलिट गर्छ ।

जोहो मेल
धेरैजसो ईमेल सेवा प्रदायक आम्दानीका लागि आफ्नो सर्भिसमा प्रयोगकर्ताका लागि अनावश्यक विज्ञापनसमेत प्रस्तुत गर्छन् । यो समस्या जोहो प्रयोगकर्ताहरूले भने झेल्नुपर्दैन । यो सेवा निःशुल्क र सशुल्क गरी दुई किसिमका छन् । दुवै किसिमको सेवा प्रयोग गर्ने प्रयोगकर्ताले अनावश्यक विज्ञापनको झन्झट नहुने शतप्रतिशत ग्यारेण्टी कम्पनीले प्रदान गरेको छ । कम्पनीले तपाईंका व्यक्तिगत सूचना तथा अन्य डाटा कसैका सामु सार्वजनिक पनि गर्दैन । साथै, यो सेवामा स्वचालित रूपमा इनकमिङ ईमेल फिल्टर, लेभल, फोल्डर सिफ्टलगायत सुविधाको पनि उपयोग गर्न सकिन्छ । तर, यो सर्भिसमा ५ जीबीसम्मको डाटा स्टोरेज मात्र निःशुल्क उपलब्ध गरिएको छ । तसर्थ, अतिरिक्त उपयोगिताका लागि प्रयोगकर्ता आफैले एकाउण्टमा स्पेशको व्यवस्थापन गरिरहनुपर्ने हुन्छ । यसो गर्न असमर्थ भएमा कि त पुराना ईमेल डिलिट गर्ने वा अतिरिक्त स्पेस खरीद गर्नुपर्ने हुन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।