मलाई त आवरण भित्रको आचरण निकाल्ने ज्ञान नै भएनछ,
बाहिरी आवरणको अभिमानमा होस् नै गुमाएछु |
म भित्र चेतनाको गति नाप्ने यन्त्र नै भएनछ
त्यसैले त सारा जलेको हृदय शान्त बनाउने ज्ञान नै आएन |
बाहिरी आवरणले आचरण बिग्रिए पछि आफै सँग खिसिक्क भएछु।
मनमा व्यर्थ सोचले आफैलाई पछाडी डोराएछ |
बाहिरी मुखौटा र आडम्बरले छपक्कै छोपेछ,
जसै तसै निस्किन खोज्दा समयले रोकेछ |
अब पछ्ताउनु भन्दा अरु केहि विकल्प म मा भएनछ ।
खोक्रो आडम्बरको पछि लाग्दा लाग्दै समय गएको पत्तै रहेन |
अब आफुलाई आफैले प्रश्न गर्नु छ ।
यता उता होइन, आफुले आफैलाई नियाल्नु छ |
समयको गतिलाई बुझ्न सकिन्न,
अन्धकारमै रुमलिए पछि ऊज्यालोको पत्तै भएनछ ।
देवि अधिकारी
प्रतिक्रिया दिनुहोस्

