0 COMMENTS

प्रस्ताेताःप्रतिभा भट्टराई,भगवान बुद्धको तपस्याबाट प्रसन्न भएर प्रस्तर रूपमा प्रकट भएकी पार्वती नै माता बज्रयोगिनी हुन् भन्ने विश्वास गरिन्छ। काठमाडौँबाट २० किलोमिटर टाढा रहेकी माता बज्रयोगिनी साँखु बासी लगायत सम्पूर्ण हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्था र श्रद्धाकी केन्द्रबिन्दु हुन्। प्राचीन समयदेखि नै प्रख्यात यो मन्दिरमा हिन्दू र बौद्ध परम्पराअनुसार पूजा गरिन्छ। उपत्यका र वरिपरि जिल्लाका भक्तहरूले तान्त्रिक देवीको रुपमा बज्रयोगिनीको आराधना गर्दछन् ।हजारौं भक्तहरु दर्शन गर्न आउने यो पवित्र र शक्ति सम्पन्न मन्दिर परिसरमा अनेकौं देवी देवताहरु पनि रहेका छन् ।

धार्मिक ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण यो मन्दिर भित्र बज्रयोगिनी ,उग्रतारा र सिंहवाहिनीकाे मूर्तिदर्शन गर्न पाईन्छ।
महालक्ष्मी स्वरूपा माता बज्रयोगिनीको दर्शन गर्नाले मनोकामना पूर्ण हुने ,दुःख पीडा नष्ट हुने वर्षौंदेखिका अधुरा काम बन्ने र सन्तानहरूलाई सुख प्राप्ति हुने तथा आर्थिक उन्नति हुने जनविश्वास रहिआएको छ।

रातो वर्ण र तीन नेत्र भएकी माता बज्रयोगिनीले दायाँ र बायाँ हातको बुढी र माझी औंलामा बज्रयान यन्त्रमा अनुष्ठान मुद्रामा खड्ग र निरूपण धारण गरेकी छन्।
बज्रयोगिनी मूर्तिको दायाँसिहिनी र बायाँ बघिनी देवीको मूर्तिहरू आसिन छन्। त्यसपछि दायाँ हेरुप र बायाँ अचल तान्त्रिक मूर्तिहरु पनि रहेका छन्।
बज्रयोगिनी मूर्ति उत्पत्तिको विषयमा धार्मिक ग्रन्थमा लेखिए अनुसार पृथ्वीमा भर्खर भर्खर हिमयुग सुरु भएसँगै हाल मन्दिर रहेको यो स्थानमा ढुङ्गाको कापबाट पाँच रङ्गको आगोको ज्वाला उत्पन्न भयो। सोही ज्वालाबाट कालान्तरमा ज्वालामुखी देवी उत्पन्न भइन् र यिनै देवी कालान्तरमा बज्रयोगिनीको रूपमा प्रसिद्ध भइन्।
प्यागोडा शैलीमा निर्माण गरिएको बज्रयोगिनीको यो मन्दिर लगभग ५०० वर्ष पुरानो भएको यस मन्दिर परिसरमा राखिएको राजा प्रताप मल्ल शिलापत्रमा उल्लेख गरिएको छ।

सुनको जलपयुक्त छानाहरू सहित मन्दिरमा चढाइएको यो सुनको तोरणले मन्दिरको सुन्दरता अझ बढाएको छ। सुनौलो देवीको विशाल मूर्ति र सुनौलो द्वारले आमभक्तहरूलाई झनै आकर्षित गर्दछ।

किंवदन्ती अनुसार देवी बज्रयोगिनी काे आज्ञाले मञ्जुश्रीले चोभारको गल्छी बनाई काठमाडौँ उपत्यकाको पानीलाई निकासा गरी धेरै कालपछि यस क्षेत्रमा मञ्जु पतन नामको नगर स्थापना गरी नीति नियम बसाली नगरवासीलाई आवश्यक पर्ने गाँस, बास र कपासको स्रोत प्रबन्ध तथा संस्कृति परम्परा आदि सम्पूर्ण सिकाएर आफ्नो शक्ति खड्ग बज्रयोगिनी देवीलाई चढाएर महाचिन फर्कने क्रममा बज्र योगिनी क्षेत्रमै सिद्धि प्राप्त भएको उल्लेख छ।

बौद्ध परम्परा अनुसार बज्रयोगिनी देवीलाई बुद्धशक्ति ताराको रूपमा पुजिन्छ ।महायानीहरूले बज्रयोगिनीलाई उग्रतारा भनेर पनि मान्दछन् भने बज्रयानीहरूले बज्रयोगिनी भनेर सम्बोधन गर्दछन्राजा प्रताप मल्लद्वारा निर्माण गरिएको पवित्र र शक्तिसम्पन्न यो मन्दिरमा वैशाख पूर्णिमा, माघ महिना,स्वस्थानी पूर्णिमा, बडा दशैं चैते दशैं आदि पर्वमा विशेष मेला नै लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।