काठमाण्डाै/ पशुपतिनाथ भुवनेश्वरी नाशलचोकमा श्रावण महिनाभर हुने “श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को सम्पुर्ण तयारी पुरा भएको आयोजक विश्व हिन्दु युवासंघ अन्तराष्टिय समितिले जानकारी गराएको छ । सोमबार पशुपतिमा पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । श्रावण १ गतेदेखि शुरु हुने महात्म्य इतिहांसमै पहिलो पटक हुन लागेको विश्व हिन्दु युवासंघ अन्तराष्टिय समितिका अध्यक्ष सागर थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । थापा अनुसार शिव महापुराण,श्रीमद भागवत ,श्रीराम कथा ,महापुराण,श्रीमददेवि भागवत महापुराण नेपाल माहत्म्य ,श्रीरामायण चरित्र गाथा लगायतका धार्मिक प्रबचन हुनेछ ।
“अनेक दान एक समान कथा र पुराणमा दान र द्रब्य भन्दा पनि भाव चढाऔं” भन्ने मुल सन्देशका साथ हुन लागेको माहात्म्यमा विश्वकै सबैभन्दा कान्छी नौ बर्षिय कथा बाचिका दिपसन सापकोटा र १५ बर्षिय आध्यात्मिक बाचिका देवि अभियानबाट कथा बाचन हुने र योगमाया सखी जेरी लगायत चर्चित कथा बाचकहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।