0 COMMENTS

२२ जेष्ठ २०८०/हरेक वर्ष जुन महिनाको ५ तारिख का दिन मनाईने विश्व वातावरण दिवस यसवर्ष पनि “प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ वातावरण मैत्री विकल्पको उपयोग गरौं “भन्ने नाराका साथ विश्वभर र देश भर विभिन्न कार्यक्रमहरु गरी मनाए जस्तै सृजनशील महिला समाज नेपालका महिला दिदीबहिनी हरु तथा तारकेश्वर सरसफाई तथा बातावरण संरक्षण प्रा लि का प्रबन्ध निर्देशक केदार खत्री को अगुवाइमा जनचेतनामूलक प्रभात फेरी कार्य क्रम गरि सम्पन्न गरियो।

तारकेश्वर नगरपालिका बहुसरोकारवाला मञ्च विभिन्न संघसंस्था र विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सिर्जना ज्ञानसागर स्कूल, सनफ्लावर स्कूल र कौशल स्कुलका भाइबहिनीहरू सहभागी थिए वडा नम्बर ४ बाट सुरु गरिएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यालयका भाइ बहिनीहरुले वडाका विभिन्न ठाउँहरु परिक्रमा गरी एक घर दुई विरुवा लाई प्रोत्साहन दिनुपर्ने, आफ्नो घर वरिपरि सधै सफा राख्नु पर्ने र प्लास्टिकजन्य वस्तुहरूको प्रयोगमा कमी गरिनुपर्ने अपिल टोल बासीहरुलाई गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।