0 COMMENTS
प्रतिभा भट्टराई

विशेष कामले गाउँकाे घर जानुपरेको र नेटकाे सुविधा नभएकोले विगत पाँच दिनदेखि मैले कसैको इनबक्स चेक गर्न सकेको थिइन्। घर फर्केर फ्रेस भइसकेपछि थुप्रिएका म्यासेज हरु हेर्ने क्रममा मेरो आँखा अनि मन उसैको इनबक्समा गएर अडियो जुन पढेर म निकै दुःखी भएकी थिएँ। जहाँ लेखिएको थियो मलाई अली सन्चो छैन पैसाको पनि कमी छ। चेक अप को लागि केहि रकम आवश्यक परेको हुनाले हजुरलाई सम्झेको छु है?
यो देख्ने बित्तिकै अरु म्यासेज हेर्न जरुरी नलागेर म दराजमा राखिएका पर्स हरु खोतल्न थालेँ सबै भन्दा पहिले दराजबाट खसेको पर्स जुन मलाई उसैले मेरो जन्म दिनको उपहार स्वरुप दिएको थियो जसमा मैले सुरक्षित राखेकी उसैको हातले लेखेका सब्द हरु भएको पन्ना पनि रहेछ ती पढीसके पछी विरत्तिएको मन् ले हतार हतार सबै पर्स हरु खोलेँ, जसमा मैले कमाएको पैसा बाहेक कतैबाट आइलागेका दक्षिणा हरुलाई मैले खर्च नगरी एक ठाउँमा जम्मा गर्ने गरेको थिएँ। लगभग ५०,हजार पुगनपुग भएको देखे पछि निक्कै आनन्द को महसूस गर्दै म उसकाे अकाउन्ट मा जम्मा गर्न भनेर निस्किएँ। सानो तिनो कमाई आफ्नो भएको भए पनि कहिले काँही आफुलाइ मन् लागेका आर्थीक काम हरु सजिलै पूरा गर्न त्यति सजिलो थिएन र पनि यो काम छिट्टै र सजिलै सम्पन्न गर्न सकेको मा काम सकिएपछि निकै ठूलो काम हात पारे झैँ खुशी भएर घर फर्किए पछी भने हरेक महीना प्राप्त गरीने तलब भन्दा आफ्नो अनमोल कमाइबाट उसको समस्या समाधान भएको खुशीको खबर सुन्ने प्रतिक्षामा रहन थाले।
तर मेरो प्रतिक्षाकाे अन्त्य अब सायद नहुने पो हो कि भन्ने शंकाले मन कहिलेकाही यसै अत्तालीने गर्न थालेको छ।
कुनै दिन मैले विज्ञान विषय पढाउने विद्यालयमा उ गणित विषय पढाउने शिक्षक भएर आएको थियो। निकै हट्टाकट्टा र आकर्षक व्यक्तित्वको मान्छे भएपनि विषय मेरो र उसको फरक भएकाले बोल्नुपर्ने खासकुरा हुँदैनथ्यो र हाम्रो बोलचाल good morning मा मात्र सिमित थियो। तर विस्तारै-विस्तारै विद्यालयका परीक्षा, कार्यक्रम, शैक्षिक भ्रमण हरुका क्रममा गर्नुपर्ने सल्लाहबाट सुरु भएको हाम्रो बोलचाल बढ्दै गएर घण्टौं गर्दा पनि नसकिने हुन थालेका थिए। हाम्रा गफ, कुन बिषयका हुन्थे? किन? कति? अनि के के भन्ने बारेमा कुनै हिसाब किताब नै थिएन। त्यसैले छुट्टीको प्रतिक्षामा कैलेकाहीँ क्यालेन्डर पल्टाएर हेर्ने बानी लागेकि म अब विदा कहिल्यै नभइदिए हुन्थ्यो भन्ने सोचमा पुगिसकेकी थिएँ ।
यसरी बितिरहेका क्षण हरुसँग रमाइरहँदा उस्ले मलाई एक दिन मेरो बुवा सँग मेरो हात माग्न आउने रहर सुनायो। उस्ले निक्कै खुशी हुँदै बताएको कुराले, मलाई भने अत्यन्तै कठिन परिस्थितिको सिर्जना गराएको थियो। उ सँग को कुराकानीका क्रममा आफ्ना थुप्रै सुख, दुःख साटिएको भए पनि यो विषय मा भने मैले सोच्न भ्याएकै रहेनछु । उ सँग बोल्दै गर्दा भएका कुराकानी हरु मध्ये कुनै कुनै ले अती नै मन्
छुन्थे र एकान्त मा बसेर स्मरण मात्र गर्दा पनि आनन्द को महसूस गराउँथे यो सायद मन् मिल्नु काे लक्षण थियो र पनि उस्को यो भनाइले भने मलाई साह्रै अप्ठ्यारोमा पारेको थियो
निक्कै कट्टर र नियम पालन गर्नु पर्ने बाहुन की छोरी म, उ क्षेत्री को छोरा सँग को सम्बन्धमा रमाइरहेकी थिएँ तर आफ्ना बाबुले ५ वर्ष अघि लाचार भएर गाउँ छोडी शहर पस्ने क्रममा बाटोमा गह भरी आँसु बनाउँदै भनेका कुराहरू मैले चटक्कै बिर्सनु पनि त हुँदैनथ्यो ।
चार दिदीबहिनी र दुइ दाजु भाइ को हाम्राे परिवारमा गाउँमै भए पनि बुवा शिक्षण पेशामा संलग्न हुनुभएकाेले हामी सबै लाई विद्यालय मा भर्ना गरिदिनु भएको थियो। अझै जेठी दिदिको पढाई कमजोर भएका कारण ट्युसन को लागि एक जना तराई बासी शिक्षक को पनि व्यवस्था गरिदिनु भएको थियो तर दिदीले पढाइमा भन्दा पढाउने मान्छेमा र शिक्षक ले पनि पढाउने विषयमा भन्दा पढ्ने ब्यक्तिमा ध्यान लगाउन पुगे पछि उमेर नै नपुगेकी मेरी दिदीलाई सोही शिक्षक ले भगाएर लगेका थिए।
जीवनको अल्लारे उमेरमा दुई विपरीत मन् मिल्नु प्रकृतिको नियम भए पनि त्यतिबेलाको गाउँको समाज र मानिसहरूका सोचाइका कारण यो घटना ले टोल, समाज र विद्यालय नै अपहेलित हूने गरी नराम्रो सँग उग्र रूप लिएको थियो र मेरा बावुले आफनो बेइजती सहन नसकी बाँकी परिवार च्यापेर बिना योजना, दुखेको मन् सहित काठमाण्डौ हिँड्नु भएको थियो अनि हामी सबै लाई अघोषित रूपमा आफू भन्दा तल्लो जातको मान्छे सँग सम्बन्ध राख्न नपाइने नियम पनि लगाइदिनु भएको थियो।
चाहाना त आखिर बुवाको पनि आफ्ना सन्तान हरु को खुसी नै थियो र पनि आफ्नो नियम भित्र मात्र सन्तानको खुशी देख्ने अविभावकहरूको चाहाना, दुई मन् उमेर भए सँगै मिल्नु लाई अपराध मानिदिने सोचाइ, आफ्नो खुशी अरू बाट पुरा गराउन खोज्ने प्रवृद्धी वा अरुले के भन्लान? भन्ने डर ले जरा गाडेको समाजको विद्रोह गर्न सक्ने आँट आफूले जुटाउन नसके पछि उस्ले तीन दिन भित्र निर्णय दिनु पर्ने भनेर राखेको प्रस्तावको जवाफ नदिन म एक हप्ता छुट्टीमा बसिदिएकी थिएँ।
तर महीना भर नै बिदा लिए पनि आफ्नो निर्णय मा कुनै परिवर्तन नहुने देखे पछि मैले उस्लाइ आफ्नो बाबुको अगाडि नपर्न अनुरोध गरेँ जसबाट निक्कै मलिन अनुहार मा नीःशब्द भएको उ सँग, कम् हुँदै गएको हाम्राे कुराकानी उस्ले विद्यालय छोडेर गए पछी बन्द भैसकेको थियो।
केही समय उस्को यादमा विचलित भएकी म बिस्तारै बिस्तारै आफ्नो संसारमा भुल्दै गएकी थिएँ र पनि धेरै बर्ष बितिसके पछि एक दिन उसलाइ fb मा देखे पछि भने मलाइ उस्को प्रोफाइल चेक गर्न मन् लाग्यो र हेर्दै जाने क्रममा बेला बेलामा उस्ले आफ्नो नाम मात्र पोष्ट गरेको देखे पछि भने म नराम्रो सँग फेरि झस्कन पुगेँ।
अनि यो कुरा एउटी मिल्ने साथी लाई सेर गर्दा, आफुलाइ दुःखेको कुरा उस्का लागि हाँसो भैदिए पछी मैले उसैलाई फेरि fb मा साथी वनाएर सम्झाउने प्रयास गरेँ ।
मैले सम्झाउन खोज्दा उ हरेक पल्ट हजुर भएको भए भनेर दोहोर्याई रहन्थ्यो र आफ्ना छोरी हरु काे माया, श्रीमती सँग को चिसिएको सम्बन्ध, कमजोर आर्थीक अवस्थाको सामना गर्नु पर्दा श्रीमती बाट मिलेको अपहेलना, आफुलाइ लागेको पिउने आदत जस्ता कुरा हरु पनि बताइरहन्थ्यो। आफूले चाहेको पहिलो प्रेम नै असफल भए पछि बिर्सने क्रममा बसेको पिउने लत ले उसकाे कमाई, स्वास्थ्य, र अनमोल जीवन बर्बाद भैसकेको रहेछ कसैकाे कुनै उपाय ले काम नगर्ने गरी।
भगवानको सुन्दर र बौद्धिक सृष्टि मानव जीवनको पवित्र र सुकोमल मनले चाहेको मान्छे पाउन नसक्नु सायद सबैको दुर्भाग्य हो। एक महान व्यक्ति को भनाइ अनुसार पनि त्यही ब्यक्ति सुखी हुन्छ जस्ले आफ्नो मन् मिलेको मान्छे सँग जीवन बिताउन पाउँछ र दुःखी त्यो ब्यक्ति हो जस्लाई २४ सै घण्टा मनले नचाहेको मान्छे सँग ब्यहोर्नु पर्दछ।
यस अर्थमा जुनसुकै जात , धर्म, बर्ग, पेशाको मान्छे भए पनि मन् मिलेको मान्छे पाउनु मन् मिलेका हरु का लागि सौभाग्य नै हो तर शारीरिक बनावट एउटै हुने भए पनि मानिस भित्रको नदेखिने त्यही मनका कारण कोही पर्ने र कोहि नपर्ने चाँहि किन हुन्छ हाेला? अनि परेकाे व्यक्ति पाउँदा खुशी र नपरेको मान्छे परिदिए दुःखी पनि किन हुन्छ होला? भनेर सोच्दै गर्दा,
आफू सँग केही समय कुराकानीमा जोडिएको मानिसको खबर नपाउँदा त यो मन् यसरि तड्पिएको छ भने घर परिवार चटक्क छोडेर बिना सूचना हराएका र यस संसारमा नभएको प्रमाण नभेटिएका व्यक्तिहरूको प्रतीक्षा मा कति मानिसहरू पिरीलिएका होलान भन्ने लागेर,न कुर्नु न सूर गर्नू को अवस्थामा गुज्रिएका मानिसहरुको व्यथा केलाउँदै र आफ्नो मन् बुझाउँदै गरिएको भए पनि बेला बखत मोबाईल मा बज्ने घण्टी हरूले भने मलाइ झस्काइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।