0 COMMENTS

 काठमाण्डाै ०८म‌सीर०७९/  दाङ क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिपक गिरी निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार कोमल ओलीलाई फराकिलो मत अन्तरले गिरीले पराजित गरेका हुन् ।

गिरीले ३६ हजार ८४२ मत ल्याएर विजयी भएका छन् भने ओलीले २९ हजार ३२ मत ल्याएर पराजित भएकी थिइन । २०५१ र २०७४ सालमा पराजित भएका गिरी २०७० सालमा निर्वाचित भएका थिए । यो उनको दोस्रो जित हो ।

त्यस्तै दाङको प्रदेश सभा ‘क’ बाट कांग्रेसका डिल्लीबहादुर चौधरी र प्रदेश सभा ‘ख’ बाट माओवादी केन्द्रबाट धनबहादुर मास्की निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।