0 COMMENTS

काठमाडौं४ मंसिर २०७९, । विश्व फुटबलको कुम्भ मेला फिफा विश्वकप फुटबल आज (आइतबार) बाट कतारमा सुरु हुँदैछ ।द्घाटन खेलमा आयोजक बतारले लेटिन अमेरिकी प्रतिद्धन्दी इक्वेडरसँग खेल्ने भएकाे हाे । साेही खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने भएकाे छ । त्यसअघि ६० हजार दर्शक क्षमताको अल बायत रंगशालामा भव्य उद्घाटन समारोह आयोजना हुनेछ । यस पटकको विश्वकपलाई ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने अन्तिम प्रतियोगिताको रुपमा हेरिएको छ ।

यसपछि सन् २०२६ मा हुने विश्वकप फुटबलमा ४८ देशले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा सहभागि टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स रहेका छन् ।

यसैगरी समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड, समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया, समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह ‘जी’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन तथा समूह ‘एच’ मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।कतार विश्वकपको फाइनल खेल डिसेम्बर १८ तारिखमा हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।