0 COMMENTS

काठमाडौँ, २१ कात्तिक/यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ ।

सोमबार परिसूचक ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा कायम भएको हो । आज रु दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८५ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज व्यापार, जीवन बीमा, म्युचुअल फन्ड, लगानी र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४६ दशमलव एक अङ्कले बढेको छ भने व्यापार समूहको उपसूचक तीन दशमलव २५ अङ्कले बढेको छ ।

त्यस्तै, सबैभन्दा ठूलो अङ्कको गिरावट निर्जीवन बीमा समूहको उपसूचकमा देखिएको छ । निर्जीवन बीमाको उपसूचक ८१ दशमलव १५ अङ्कले घटेको छ । त्यसैगरी, उत्पादन समूहको ६६ दशमलव ९९, विकास बैंक समूहको ३९ दशमलव ५४ र लघुवित्त समूहको उपसूचक २१ दशमलज ५२ अङ्कले घटेको नेप्सेले जनाएको छ । बैंकिङ समूह तीन दशमलव ९९, होटल तथा पर्यटन समूह एक दशमलव ८३, जलविद्युत् समूह ६ दशमलव ०४, र वित्त समूह नौ दशमलव ७४ अङ्कले घटेको छ ।

आजको कारोबारमा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रु १५ करोड १६ लाख १३ हजार एक सय ६३ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ३५ हजार दुई सय ४३ कित्ता शेयर खरिद बिक्री भएको छ ।—

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।