0 COMMENTS

काठमाडौँ २ जेठ २०७९/ काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार पाँच हजार चार सय ४६ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २९ सय ५२ मतसहित पछ्याइरहेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी प्रमुख उम्मेदवार सिर्जना सिंह २५ सय ७७ मतसहित तेस्रो स्थानमा छन् ।काठमाडौँका २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको छ। उपमेयरमा भने नेकपा एमालेकी सुनिता ढंगोलले अग्रता कायमै राखेकी छन् ।

सुनिता तीन हजार ३८४ मतसहित तेब्बर मतले अगाडि छन् । गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई हजार मत कटाउनै समस्या भएको छ ।

काठमाडौं महानगर वडा नम्बर १ मा एमालेका तर्फबाट भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । अन्य वडाको मतपरिणाम भने आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।