बालेन साहले कटाए १५ सय मत,अग्रता कायम नै

2022-05-15   राजनीति

काठमाडौं १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् ।चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।