0 COMMENTS

काठमाडौं, २१ माघ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी खारेज गर्न माग गर्दै सरकारसँग १८ वटा प्रश्न गरेको छ । आज ( शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद् नेपालले एमसीसी तत्काल खारेज नगरे कडा कदम चाल्ने चेतावनी समेत
दिएको छ ।
एमसीसी देशहितमा नभएको र बहु–विवादित भइसकेकाले खारेज गर्नुपर्ने जिकिर गर्दै परिषद्ले भनेको छ,‘एमसीसी असमान छ, संवैधानिक प्रतिवद्धता विपरित नेपालले स्वतन्त्ररुपमा आयोजना छनौट गर्न पाउने भए एमसीसी सन्तुष्टि हुनेगरी भारतको सहमति लिनुपर्ने भनी सम्झौतामा किन लेखिएको ?’ आयोजना पुर्ण अनुदान हो भने एमसीसीलाई नेपालले १३ करोड डलर अनुदान दिने भनी किन उल्लेख गरेको भन्दै प्रश्न गरिएकोे छ,‘ प्रधानमन्त्रीले नेपाली जनतालाई किन ढाँटेको ?’

नेपाली सेनाका पूर्वसहायकरथी डा.प्रेमसिंह बस्न्यातले एमसीसीलाई आत्मघाती बमको संज्ञा दिए । उनले भने,‘आत्मघाती बम हो भनि जान्दा जान्दै पनि गोल हान्नेहरुलाई नेपाली विन लादेनको संज्ञा दिनुपर्छ ।’ उनले एमसीसी पास गरेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै नेपालीले कारवाही गर्ने चेतावनी दिए । उनले भने,‘एमसीसी पास गर्नेहरुलाई नेपाली जनताले कारबाही गर्नेछन् त्यसमा शेरबहादुर देउवा पनि पर्नेछन् ।’ नेपालमा भएका सबै आन्दोलन र घटनालाई स्वीकार गर्न सकेपनि अब एमसीसी सम्झौता गरेमा

नेपालीले देउवाको यो शैलीलाई स्वीकार गर्न नसक्ने चेतावनी
दिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रदिप ज्ञवालीले अमेरिकामा ८ वटा सम्झौता गरेर लुकाएको आरोप लगाए । झलनाथ खनालको पालामा बनेको एमसीसी छानबिन आयोगले पटक–पटक खोजी गर्दा ज्ञवालीले लुकाएको पनि उनले आरोप पनि लगाए । उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रघातीको संज्ञा दिए । ‘कांग्रेस त झन् राष्ट्रवादी हुँदै होइन् । नेपाली कांग्रेस नेपालीको भाग्य खोस्न आएको पार्टी हो । महाकाली बेचेको कांग्रेसले हो अहिले फेरी देश अमेरिकालाई बेच्दैछ ।’ उनले भने,‘आफुलाई बरु गोली हान्नुस् तर नेपालको माटो एक इन्च माटो पनि विदेशीले लान पाउँदैन् मेरो देशको ।[view_video url=”rykHpfC5N4o?t=1″]

मेरो देशमा कुनै पनि शक्ति राष्ट्र आएर खेल्न पाउँदैन् ।’ पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेले नेपालको सस्कृति बचाएकोमा प्रंशसा गर्दै उनलाई धन्यवाद दिए । नेकपा (एमाले)का नेता भिम रावलले विषलाईविष र अमृतलाई अमृत भनिदिएको भन्दै उनले रावलको योगदानलाई नेपालीले कहिल्यै नबिर्सने बताए । परिषदका उपाध्यक्ष खगेन्द्र बस्नेतले अमेरिकाले एमसीसी अनुदान विश्वका ४९ देशलाई टार्गेट गरेको बताए । यसमध्येमा नेपाल पनि परेको भन्दै नेपाल यसको बारेमा २०१३ देखि जोडिएको उनले सुनाए । बस्नेतले एमसीसी सम्झौताको धारा ३ दफा ३ को ‘च’ मा सम्पुर्ण बौद्धिक सर्कलको सबै अधिकार अमेरिकालाई हुने भएको स्मरण गराए । उनले भने,‘यो सहायता दिएको हो की लिएको हो ?’

त्यस्तै, उनले धारा न ३ को दफा ३ को ८ ‘क’ मा उल्लेख गरिएको लेखा परीक्षण बुँदामा अमेरिकाले लेखापरीक्षण गर्न पाउने उल्लेख गरेकोमा आफुहरुको आपत्ति रहेको जनाए । बस्नेतले धारा न ५ को ‘क’ र ‘ख’ मा अमेरिकाले चाहेको खण्डमा जस्तोसुकै पनि सम्झौता रद्द गर्न सक्ने बुँदामा आपत्ति रहेको सुनाए । त्यसको बारेमा सम्बन्धित निकायमा आफ्नो खारेज गर्न माग गरेको उनले बताए । यो सम्झौता पास नर्गन सरकारलाई खबरदार र नेपाली जनतालाई सचेत गराउन आफूहरुले खोजेको उनले बताए । परिषदका केन्द्रीय सदस्य सुदन सिंह बस्नेतले एमसीसीले चर्चेका
हाइड्रोइलेक्ट्रिसीटीका लाइन, ओभरहेड लाइन टावर निर्माण भएपनि त्यसको प्रयोग नेपालीहरुले गर्न नपाउने बताए । नेपालमै निर्माण भएपनि नेपालको सडक आफ्नो नुहने उनले तर्क गर्दै भने,‘सडकमा पनि अब ब्यरियर अमेरिकाले राखेर बढी कर लिन्छ । जो सँग पुँजी छ त्यसले मात्र त्यो बाटोको प्रयोग गर्न पाउछन् ।’ त्यसैगरी, उनले नेपालको झण्डा पनि जहाँतही राख्न नपाइने उनले जिकिर गरे । उनले एमसीसी कुनै पनि हालतमा
नेपालको हितमा नभएको समेत बताए । एमसीसी सम्झौताको बुँदा न ४ मा भौगोलिक विविधतामा गरिएको व्याख्या अनुसार नेपालको झण्डा राख्न नपाइने उल्लेख गरे । उनले भने,‘ज–जसले यो सम्झौतामा हस्ताक्षर गरे तिनीहरु, ज–जसले यो सम्झौतामा सहयोग गरे ती सबै राष्ट्रघाती हुन् ।’ अमेरिका नेपालको घनिष्ठ मित्र भएको भन्दै अमेरिकासँग मित्रता टुटाउन नहुने उनले धारणा राखे । नेपालमा द्वन्द्व मच्चाउन अमेरिकाले भूमिका नखेल्नेमा आफू विश्वस्त भएको सुनाए । अमेरिकाले सम्झौतामा आफुले गर्ने बुँदाहरुको बारेमा प्रष्ट पारेको भएपनि नेपालका नेताहरुले नै गल्ती गर्न खोजेको आरोप लगाए । त्यस्तै, कार्यक्रममा राष्ट्रका लागि युवा समुहका अध्यक्ष डा.श्री निकोलस भुषाल, राजेन्द्र पाण्डेले पनि आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमको समापन परिषद् नेपालका अध्यक्ष कोमल बहादुर रावत (केवि)ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।