0 COMMENTS

प्रतिभा भट्टराई/ हरेक पन्ध्र दिन मा पर्ने  एकादशी वर्ष भरीमा भने २४वटा अनि अधिकमास परेको वर्षमा २६वटा पर्ने गर्दछन। अनि प्रत्येक एकादशीका नाम, फरक फरक हुने गरेको भए पनि पुत्रदा एकादशी चाँही श्रावण शुक्ल पक्षमा र पौष शुक्ल पक्षमा गरी दुईवटा पर्ने गर्दछन।

पुत्र सँग सम्बन्धित सबै खालका समस्या हरुबाट छुटकारा पाउन का लागि याे व्रत सारै राम्रो मानिन्छ। पुत्र नहुने हरुका पिडा र भएर पनि भोग्नु परेको पिडा शान्त पार्न यो व्रत विधिपूर्वक अत्यन्त श्रद्धा र भक्ति का साथ लिइन्छ। दशमीको दिन बेलुका देखि नै सात्विक भोजन गरी एकादशीकाे दिन पवित्र नदी र एकादशीको नाम उच्चारण गर्दै स्नान गरी आफ्नो स्वास्थ्य अनुसार काे काम र सामर्थ्य अनूसार कोपूजा सामग्री, पञ्चामृत,फल,फूल,धूप,दीप सहित बाल गोपाल को पूजा गर्दै लिइने याे ब्रत कुनै समय सुकेतुमान नामक राजाले पनि लिएका थिए। कुनै समय विवाह भएको लामो समय सम्म पनि सन्तान नभएका कारण आफु पछी कस्लाई राज्य भार सुम्पने भन्ने चिन्ताले आत्म हत्या गर्ने विचार गरेका सुकेतु मान राजा भौँतारिदै निर्जन वनमा पुगे पछि माघ स्नान गर्न आएका ऋषि हरू सँग भेट हुँदा आफ्ना पिडा व्यक्त गरेका थिए। संयोग ले पुत्रदा एकादशी नजिकै आएका कारण पति र पत्नी दुवैले विधि पूर्वक आस्था का साथ याे ब्रत पूर्ण गरे पुत्र लाभ गर्न सकिने कुरा ऋषिहरुले बताए पछी राजाले त्यसै अनूसार ब्रत गर्दा पुत्र प्राप्त गरी ,हरेक एकादशी काे व्रत अत्यन्त निष्ठा का साथ बसी जीवन धन्य बनाएका थिए।

यसरी पुत्र वा सन्तान नहुने हरुले पुत्र लाभ का लागि र भएका हरुले पनि आफ्ना सन्तान वा पुत्र को सत्कर्म, सुख,शान्ति, समृद्धि,सुस्वास्थ्य तथा दिर्घायुको लागि याे व्रत उत्तम मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।