0 COMMENTS

काठमाण्डाै०७मंसीर०७८/  राष्ट्र निर्माता पृथ्विनारायण शाहको जन्म दिन पुष २७ गतेलाई औपचारीकता दिन पुर्व सुरक्षाकर्मी परिषद् नेपालले माग गरेको छ । प्रेस बिज्ञप्ती जारी गर्दै परिषद्ले देशको पहिचान बनाउने श्री ५  बडामहाराज धिराजको योगदानलाई सम्मान गर्न नसक्ने राजनितीक दलका नेताको योगदान पनि जनताले कुल्चि दिने बताएको छन।
परिषद्का अध्यक्ष कोमल बहादुर राउतद्धार हस्ताक्षर गरीएकाे बिज्ञप्तीमा  संसारका कुनैपनि मुलुकले आफ्नो राष्ट्र निर्मातालाई बिर्सेर मुलुकको इतिहास नै मेटाउने गरेको देखिदैन । साना साना राज्यमा विभाजित बाईसे चौबिसे राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको परिकल्पना श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नगरेको भए ती राज्यहरूसँगै नेपालको अस्तित्व कल्पना नै गर्न सकिदैनथ्यो ।

अहिले हामी नेपाली हौं भन्ने गर्व गर्दछौं भने हाम्रो देश नेपाल बनाउने राष्ट्र निर्माताको योगदानलाई किन कदर नगर्ने ? विभाजित राज्यहरूलाई एकै सूत्रमा बाँधी विशाल नेपाल स्थापना गर्ने सपना साकार पार्न अगाडी बढेका राष्ट्र निर्माताको जन्मदिन सदिऔ देखि राष्ट्रिय पर्वको रूपमा भव्यताका साथ मनाउदै आएको इतिहास साक्षी छ । भन्ने कुरा उल्लेख गरिएको छ । गणतन्त्रको आगमन सँगै पृथ्वि जयन्ती छाँया पर्दै आएको छ ।

जसले राष्ट्रको निर्माण ग¥यो, राष्ट्रको पहिचान दियो, मुलुकको परिचय दिलायो उसैलाई विर्सनु भनेको राष्ट्रको इतिहास मेटाउनु ठहरिने भएकोले पूर्व सुरक्षाकर्मी परिषद् नेपालले मिति २०७८।०५।०७ गते सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गरिएको ज्ञापन पत्रको बुँदा नं.१८ मा “राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र मार्गदर्शनलाई राष्ट्रले भुलेको छैन र भूल्न पनि हुँदैन त्यसैले राष्ट्र निर्माताको सम्झनास्वरूप राष्ट्रिय एकता दिवस राष्ट्रियरूपमा मनाउने व्यवस्था गरिनुपर्ने” भनि माग गरिएको छ ।

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले ज्ञापन पत्रमा माग गरिएका बुँदाहरू हालसम्म कुनै पनि सम्बोधन नभएको र पृथ्वीजयन्ती तथा एकता दिवस पौष २७ गते नजिकै आएको छ । विभिन्न राजनीतिक दलका भातृ संगठनको रूपमा रहेका, स्वतन्त्र र सरकारी मातहतमा संगठित पूर्व सुरक्षाकर्मीहरूका संघ संगठनहरूले पनि राष्ट्र राष्ट्रियता लगायत पुर्व सुरक्षाकर्मीहरूको हितमा ऐक्यबद्धता जनाउन अति आवश्यक भएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रको नागरिकहरूको रक्षामा सदैव तत्पर रहेको आभाष दिलाउन आवश्यक देखिएको हुँदा पूर्व सुरक्षाकर्मी परिषद्ले उठाएका सुरक्षाकर्मीहरूका हित र राष्ट्रियताका सवालका १९ बुँदे माग पुरा गराउन ऐक्यवद्धता जनाई आगामी दिनमा हुने दबाबमूलक कार्यक्रमहरूमा सहभागी हुन समेत सम्पूर्ण पूर्व सुरक्षाकर्मीहरूमा हार्दिक अपील गर्दछौं ।
कोमलबहादुर राउत
अध्यक्ष
पूर्व सुरक्षाकर्मी परिषद् नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।