0 COMMENTS

वि.सं. २०७८ कार्तिक २४ गते बुधवार तदनुसार ई. सं. २०२१ नोभेम्बर १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४२, (कछलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:०६ बजे, चन्द्रोदय : दिउँसो १०:१९ बजे र चन्द्रास्त : बेलुका ०९:४३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२८ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, कार्तिक शुक्लपक्षको षष्ठी तिथि, दिउँसो ०१:५७ बजेसम्म, त्यसपछि सप्तमी तिथि, उत्तराषाढा नक्षत्र, बेलुका ०९:४१ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), शूल योग, दिउँसो ०३:३६ बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा तैतिल करण दिउँसो ०१:५७ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०१:०१ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम (दिउँसो ०१:५७ बजेसम्म), त्यसपछि वायव्य, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : सूर्योदयपूर्व ०२:२६ देखि मध्यरात्रीपछि ०२:१२ सम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : छठ पर्वअन्तर्गत मुख्य दिन – छठ पर्व, डाला पूजा (सायं कालमा सूर्यलाई अर्घ्य दिने दिन), आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिलान्यास (सामान्य), डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र, मुठी लिने दिन,

२६ गते : अष्टमी व्रत, गोरखकाली पूजा, गोपाष्टमी, मुखाष्टमी, बैतडी शिलंगामा महारुद्र कोटिहोम मेला, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहारम्भ (घरको जग राख्ने), गृहवास्तु जुरेको दिन, द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, दीक्षाग्रहण (मन्त्र लिने), कलशचक्र,

२७ गते : कुष्माण्ड नवमी, अक्षय नवमी, अमलाको बोटमुनि भोजन गर्ने दिन, सत्ययुगादि, हेटौंडा कुष्माण्ड सरोवर मेला, सको चंगुवने, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), गृहवास्तु जुरेको दिन, कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउनेछन् । घरायसी काममा दिलचस्पी बढ्नेछ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका हरेक प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नम: न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुन: थालनी गर्न आज अनुकूल समय छ । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहनेछ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धिहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनुपर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्नेछ । स्वास्थ्यमा हलुका असरपर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भूमिनन्दनाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना पारिवारिक समस्यामा रुमल्लिनुपर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बोलीको कदर हुने दिन हो, महत्त्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्त्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अर्काय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिने छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ देवीद्यौराल्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।