0 COMMENTS

प्रतिभा भट्टराई/कति चीज हरु भगवानका प्रीय हुन्छन् र पूजा आराधना गर्दा छुटाउनै नहुने हुन्छन् भने कती कुरा हरु चढाउनै नहुने पनि हुन्छन् अनि जानिएन र अर्पण गरियो भने ,आगोले जानेर छोए पनि र नजानेर छोए पनि पोल्ने गरे जस्तै सजाएँ काे भागिदार बन्नु पर्छ।

सेता पुष्प हरु मन् पर्ने भगवान शंकरलाई सेतो र सुन्दर हुँदा हुँदै पनि केतकीको पुष्प भने चढाउनु हुँदैन। शिव पुराणमा बर्णन गरिए अनुसार, ब्रम्हाण्ड काे सृष्टि गरे पछी ब्रह्मा लाई आफु ठूलो हूँ भन्ने घमण्ड लाग्याे भने विष्णु भगवान लाई पनि आफु पालनकर्ता भएको ले आफू नै ठूलो हूँ भन्ने लागेको ले दुबै बीच बिबाद बढ्न थाले पछि भगवान शंकरले, सो बिबाद मिलाउन ज्योतिर्लिङ्ग को रूपमा उत्पन्न भएर जस्ले उक्त ज्योतिर्लिङ्ग को आदि र अन्य भाग पत्ता लगाउन सक्छ उहि श्रेष्ठ कहलिन्छ भन्ने आकाश वाणी गर्नु भयो।
यो सुनेर शिरो भाग पत्ता लगाउन ब्रह्मा माथि तीर लाग्नु भयो भने अन्त्य भाग पत्ता लगाउन बिष्णु तल तिर लाग्नु भयो तर नीकै दिन बितिसक्दा पनि पत्ता लगाउन नसके पछि बिष्णु हार मानेर फर्कनु भयो भने ब्रह्मा ले हार्न चाहेनन् र आफू पुगेको ठाउँमा माथिबाट केतकिको फूल झरिरहेको देखेपछी केतकिको फूल लाई नै सो ज्योतिर्लिङ्ग को आदि (शिर) भाग बारे सोध्नुभयो तर उक्त पुष्पले पनी थाहा नभएको बताए पछी ब्रह्मा ले चलाखी गरी केतकिको फूल लाई नै आफूले त्यो ज्योतिर्लिङ्ग को सिरो भाग पत्ता लगाएकाे र यस कुराको साक्षी केतकी को फूल रहेकाे बताउने विचार गरी केतकी को फूल लाई फकाएर आफ्नो कुरामा हो भनेर साक्षी बसिदिने वाचा गराएर बिष्णु कहाँ जानुभयो । तब विष्णु ले आफूले त्यो ज्योतिर्लिङ्ग को अन्त्य भाग पत्ता लगाउन असमर्थ भएको बताउनु भयो भने ब्रह्मा ले आफूले ज्योतिर्लिङ्ग को शिर भाग पत्ता लगाएको र उक्त कुराको साक्षी केतकी को फूल रहेकाे बताउनु भयो। यस कुरामा केतकी फूल ले पनि हो भनेर समर्थन जनाएँ पछी, शंकर भगवान प्रकट भएर, झुट बोल्ने ब्रह्मा जी को पाँच शिर मध्ये एक शिर छेदन गरी पूजा आराधना बाट वञ्चित हुने श्राप दिनु भयो भने, अन्तर्यामी भोलेनाथ सँग झुट बोल्नु काे औचित्य छैन भन्ने जान्दा जान्दै पनि झुटको साक्षी दिने केतकी को फूल लाई पनि आफ्नो पूजामा नचढ्ने श्राप दिनुभएको थियो।

यसर्थ, जो कसैले अञ्जानमा याे केतकी को फूल भगवान शंकर लाई अर्पण गर्दछ उस्लाई १००० गौ हत्या को पाप लाग्छ भनेर बताइएको भए पनि सती को रूपबाट देह त्याग गरेकी पार्वती ले फेरि शंकर भगवान लाई नै पती रुपमा पाउन काे लागि हरेक दीन यहि केतकी को फूल चढाएर शंकर भगवान को आरधना गरेकीले भगवान शंकरको प्रीय बनेको यो फूलले ब्रह्मा को आदेश मानेर झुटको साथ दिँदा श्रापित हुनु परे पछि रोइ कराइ गरी क्षमा याचना गरे पछी, दया लागेर भोले नाथ ले फेरी वर्षको एक दिन भाद्र शुक्ल तृतीया अर्थात हिन्दू नारी हरुको विशेष पर्व हरितालिका तीजको दीन भने सो केतकी को फूल आफुलाई चढाउन मिल्ने वरदान दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।