0 COMMENTS

काठमाडौं१०असार०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राष्ट्रपतिमा भन्दा पहिलेका राजाहरुमा नै शान रहेको बताएका छन् । विपक्षी पाँच दल आबद्ध गठवन्धनले संसद भवनमा विहीबार सम्पादकहरुसँग गरेको अन्तक्रियामा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रपतिले एक पछि अर्को गर्दै संविधान, लोकतन्त्र र राष्ट्रहित विपरितका गतिविधिमा प्रधानमन्त्रीलाई साथ दिंदै आएको भन्दै राष्ट्रपतिमा भन्दा उतीबेलाका राजाहरुमा नै शान रहेको बताएका हुन् ।
‘अहिलेको राष्ट्रपतिमा भन्दा राजाहरुमा त बरु शान थियो नि, अहिले राष्ट्रपति केवल प्रधानमन्त्रीको रबरस्ट्याण्ड मात्रै भए,’ अन्तक्रियाका क्रममा प्रचण्डले भने ।

उनले अहिले आएर देशका लागि केपी ओली भिलेन हो भन्ने जनताले थाहा पाइसकेको दाबी गर्दै भने,‘सबै नेताहरु उस्तै उस्तै हुन् भन्ने लाग्ला त्यस्तो होइन, केपी ओली देशका लागि भिलेन हो भन्ने जनताले थाहापाइसके ।’ प्रचण्डले केपी ओली भन्दा कांग्रेस सयौं गुणा बढी बामपन्थी भएर आएकोसमेत बताए ।

‘केपी ओलीमा त बामपन्थी भन्ने कुनै गन्ध नै रहने, उनी बामपन्थी नै होइनन्, अरुको इसारामा चल्ने, दलालहरुलाई साथ लिएर सरकार बनाउने, विदेशीको टाङमुनी छिर्ने अनि कांग्रेस कसरी दक्षिणपन्थी ?, केपी भन्दा कांग्रेस सयौं गुणा बढी बामपन्थी भएर आयो,’ सम्बोधनका क्रममा प्रचण्डले भने । प्रचण्डले पाँच दलीय गठबन्धन धेरै परसम्म लैजान चाहेकोसमेत बताए ।

‘संविधानको रक्षा र समयानुकुल संविधान संसोधन गर्दै जाने, लोकतन्त्रका आधारभूत मूल्यको रक्षा, नेपालको राष्ट्रियता र स्वाधिनताको रक्षासहितका मूलभूत सिद्धान्तमा आधारित रहेर यो गठवन्धन बनेको हो, एउटा चुनाव वा केपीलाई प्रधानमन्त्रीबाट हटाउन मात्रै यो गठवन्धन होइन ।’

उनले प्रधानमन्त्री पदका लागि मात्रै यो संघर्ष नभएकोसमेत प्रष्ट्याए । ‘प्रधानमन्त्री पदका लागि मात्रै यो संघर्ष होइन, यो त सिस्टम बचाउने र नबचाउनेबीचको लडाइ हो, संविधान र लोकतन्त्र बचाउने बीचको लडाइ हो ।’

वयलगाढा सिद्वान्त प्रतिपादन गर्ने केपी र आन्दोलनको झण्डा बोक्ने माधव नेपाल उस्तै नभएको भन्दै प्रचण्डले प्रश्न उठ्ने वित्तिकै राजीनामा दिने प्रचण्ड र छोड्नु परे देशै डुबाउन खोज्ने केपी ओली उस्तै हो त ? भन्ने प्रश्न पनि गरे ।

‘वयलगाढा सिद्वान्त प्रतिपादन गर्ने केपी र आन्दोलनको झण्डा बोक्ने माधव नेपाल उस्तै उस्तै हो ?, प्रश्न उठ्ने वित्तिकै राजीनामा दिने प्रचण्ड र छोड्नु परे देशै डुबाउन खोज्ने केपी ओली उस्तै हो त ?’ प्रचण्डले प्रश्न गर्दै भने । साभार श्राेत ः हाम्राकुरा डटकम

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।