0 COMMENTS

कोभिड -१९ ले बिश्वब्यापी रुपमा आक्रान्त पारिरहेको अवस्थामा कोरना भाईरसको नयाँ भेरियन्टको असर पछिल्लो समय नेपाल, भारत लगायतका देशहरूमा दिनानु दिन संक्रमण दर फैलिरहेको छ । नेपाल मा एकै दिन कोरना भाईरसले ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ भने भने हाल सम्म कोरना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगि सकेको छ । यस्तो भयावह अवस्थामा नेपालमा कोरना संक्रमण फैलिए सँगै सरकारले काठमाडौं उपत्यका सँगै नेपाल का ठुला सहरहरूमा निषेधाज्ञा समेत जारी गरि सकेको छ । अब यस्तो अवस्थामा हामीमा कोरना संक्रमण भई हालेमा हाम्रा घर आँगन मा पाउने जडिबुटी गुर्जोको प्रयोग गरि कसरी संक्रमण मुक्त हुन सक्दछौं भन्ने बिषयमा चर्चा गर्न गई रहेको छु ।
गुर्जो आम नेपालीमा चिर परिचित एक अत्यन्तै बहु उपयोगी जडिबुटी हो । यसलाई नेपाली मा गुर्जो , संस्कृतमा अमृत ( जस्को सेवनबाट मृत्यु समेत आउँदैन भनिन्छ ) , हिन्दी मा गिलोय र यसको बैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया ( Tinospora cordifolia) , कुल मेनिस्परमासिया र वंश टिनोस्पोरा हो । यो सामान्यतः पतझर लहरेदार जडिबुटी हो । आँप , निम , बकाईनो , काब्रो आदि जस्ता वृक्षहरुमा फैलिएर गएको पाईन्छ । नेपाल को तराई, मधेस र पहाड को ४ हजार ५०० फिटको उचाइ सम्म सजिलै पाउन सकिन्छ । यस्को औषधिको लागि उपयोगी अंग काण्ड हो । जुन फुस्रो , पातलो र सजिलै छुट्टाउन सकिने बोक्राले ढाकिएको हुन्छ ।
आयुर्वेद अनुसार यसमा गुरु र स्निग्ध गुण युक्त , रसमा तिक्त, कषाय ( टर्रो ) , विपाक: मधुर, विर्य : उष्ण र प्रभाव रसायन भएकाले कफ, पित्तलाई शमन गर्नु का साथै हाम्रो शरिरमा बढेको त्रिदोषलाई नै नास गर्ने एक उत्तम रसायन अमृत अर्थात यसको सेवन बाट मृत्युु समेत आउँदैन भनिन्छ ।
यस्को औषधिको लागि प्रयोज्य अंग काण्ड हो । सकेसम्म हामीले ताजा काण्डको रस सेवन नै उत्तम हुन्छ चुर्ण सेवन का लागि वर्षा ऋतु पुर्व काण्डहरु संग्रह गरेर चुर्ण बनाएर पनि सेवन गर्न सकिन्छ । गुर्जो को काण्डमा अत्यन्तै उपयोगी औषधिय गुण युक्त रसायनिक तत्वहरु टिनोस्पोरिन ,टिनोस्पोराईड , कर्डिफोलाईड्स, कर्डिफोल, पिक्रोटिन ,बरजेनिन, अल्कालाईडस, कोलम्बिन , कास्माटिन , पाल्मारिन र टिनोस्पोरिक एसिड जुन एक शक्तिशाली एन्टि अक्सिडेन्ट समेत पाईन्छ । जस्ले गर्दा आयुर्वेद अनुसार यसमा उत्तम किसिम को रसायन पाईने भएकोले हाम्रो शरिरमा रोग बिरुद्ध लड्ने क्षमता ( Immunity) बढाउन सबैभन्दा उत्तम मानिन्छ ।यसकारण गुर्जोको प्रमुख काम भनेकै रोग प्रतिरोधात्मक शक्ति विकास गर्नु हो । यसको नियमित सेवन गरि रहँदा जिर्ण ज्वर , विषम ज्वर र तिव्र ज्वर लाई कम गर्न मद्दत गर्ने भएकाले कोरना भाईरसको लक्षणको रुपमा देखिने तिव्र ज्वरलाई समेत नियन्त्रण गर्दछ। हाल बिश्वमा कोरना भाइरसको विभिन्न भ्याक्सिन प्रयोगमा आएता पनि प्रभावकारी असर देखाउन नसकि रहेको अवस्थामा प्राचीन काल देखि नै आयुर्वेदले उल्लेख गरे अनुसार गुर्जो लाई अमृत मानेको छ यानेकी यसको सेवन ले मृत्युु समेत आउँदैन मृत्यु मा समेत बिजय प्राप्त गर्न सकिन्छ भन्नु को तात्पर्य यसको सेवनले हाम्रो शरिरको रोग प्रतिरोधात्मक शक्ति को बिकास गरि हाम्रो शरिरले बिभिन्न रोगहरु मा प्राकृतिक रुपमा नै बिजय प्राप्त गर्न सक्दछ । यस कारण हाल फैलिरहेको कोरना भाईरस लाई प्राकृतिक रुपमा नै पराजित गर्ने जडिबुटी मा गुर्जो एक उत्तम विकल्प हो । अब यस्तो महामारीको अबस्थामा हामी संक्रमण बाट जोगिनु र रोग प्रतिरक्षा प्रणालीको बिकास गर्नु को सट्टा अर्को विकल्प छैन । यसर्थ गुर्जो हामी सबै को लागि उपयोगी छ ।
गुर्जो सेवन को तरिका र मात्रा:
१. हामीले सकेसम्म यस्को ताजा लहराको रस सेवन मै उत्तम छ ।
२. यस्को दैनिक प्रयोगका लागि १ अंगुल काण्ड को रस निकाली १० – २० मि. लि स्वरसलाई १ गिलास पानी मह समेत मिलाएर दिन मा २ पटक खाने ।
३.. यस्को सर्वत पनि बनाएर अन्य औषधिहरु सँग पनि मिलाएर खान सकिन्छ ।
४. यस्को काण्डको चुर्ण बनाएर खाने हो भने ३ देखि ६ ग्राम मह सँग मिलाएर खाने ।
५. यस्को क्वाथ अर्थात ४ गिलास गुर्जो को रस मिस्रीत पानीलाई पकाएर १ गिलास हुन्जेल सम्म सुकाएर तयार पारिएको औषधि लाई क्वाथ भनिन्छ यसरी तयार पारिएको क्याथ १५ देखि ३० मि. लि मह सँग मिलाएर दिनमा दुई पटक सेवन गर्ने ।
६. यसलाई बेलुका चिसो पानी भिजाउने र बिहान को समयमा मा चिया जस्तो बनाएर पनि खान सकिन्छ ।
यसका साथै यसबाट बनेका विभिन्न तयारी आयुर्वेदिक औषधि समेत आयुर्वेदिक औषधि पसलहरु मा किन्न पाईन्छ । जस्तैः गुडुचि सत्व , अमृतारिष्ट, संशमनी वट्टी, कैशोर गुग्गुल , गुडुचि लौह र गुडुचि तैल आदि ।

गुर्जो एक बहु उपयोगी जडिबुटी भएकाले हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि को अलवा अन्य रोगहरु मा समेत उपयोगी छ जस्तैः मुत्र बिकार , मधुमेह नियन्त्रण गर्न ,चर्म रोग ,ज्वरो ,दम , श्वासप्रश्वास का विभिन्न रोगहरु को समाधान गर्न ,पाचन क्रियालाई सुचारु राख्न ,बाथ , अर्थराईटिस , गठियारोग ,आँखाको दृष्टि क्षमता अभिवृद्धि गर्न , रक्तअल्पता कम गर्न ,कलेजो लाई स्वस्थ्य राख्न र जण्डिसको उपचार गर्नु का साथै बिश्व का चिकित्सा शास्त्रिहरुद्धारा मानव कोष र नमुना प्राणीहरुमा गरिएको परिक्षणले विभिन्न खाले क्यान्सर मा पनि फलदायी रहेको बताएका छन् ।
अत: हाल फैलिएरहेको कोरना माहामारी लाई हामी प्राकृतिक रुपमा नै नियन्त्रण गर्न का लागि गुर्जोको सेवन अत्यन्तै प्रभावकारी बन्न सक्छ हाम्रै गाउँ घरमा पाईने गर्जो को सेवन गरि कोरना संक्रमण मा बिजय प्राप्त गरौँ ।
लेखक : समन सिंह बस्नेत हाल पतंजली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेलमा आयुर्वेद चिकित्सा बिषयमा अध्ययनरत आयुर्वेद चिकित्सा का बिधार्थी एवम् केराबारी आयुर्वेद पञ्चकर्म चिकित्सालय तथा थेरापी सेन्टर का संञ्चालक समेत हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।