0 COMMENTS

काठमाडौं १ माघ २०७७ । आज माघे संक्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सक्रान्ति पनि भनिन्छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँदै छन् । तराईका जिल्लामा माघे संक्रान्तिलाई तिला संक्रान्तिको रुपमा मनाउने गरिन्छ ।

आजको दिन स्नान, जप, तप, ध्यान साधना, दान गरे पुण्य पाइने धार्मिक मान्यता छ । आज घिउ, चाकु, तरुल, सखरखण्ड एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।

यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यस्तै, केही ठाउँमा सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।