0 COMMENTS
शेखर जङ्ग रायामाझी

प्रधानमन्त्री केपी ओलीको भनाई अनुसार, उनलाई भारतले पदबाट हटाउन चाहन्छ र त्यसका लागि होटलका कोठाहरुमा दुताबासका र उनका पार्टीकाको उठबस चलिरहेको छ,अर्थात उनलाई आफ्ना पार्टीकाले भारतको सहयोगमा हटाउने प्रपन्च चलाइरहेको छ।उनि के पनि दावा गरिरहेको छन भने यति बेला उनि बाहेक कसैले पनि देशको हित गर्न सक्दैनन्, त्यसको लागि उनि प्रधानमन्त्री पद नचाहेर पनि छोड्न मिल्दैन ।यो भन्दा अघिल्लो पटक पनि चिनसंगको पारबहन र बाणिज्य संधिका कारण उनको बहिर्गमनमा भारतको हात थियो ।अर्थात नेपालको सत्ता परिवर्तनमा भारतको हस्तक्षेप छ र उनिले अडान नलिए यो आगामी भबिस्यमा कसैले पनि सक्दैन र राष्ट्रबादको यो अडानमा उनलाई सबैले साथ दिनुपर्छ ।प्रधानमन्त्रीको यो स्विकारोक्तिले अब सम्पुर्ण नेपालीलाई स्पष्ट भयो कि नेपालको सत्ता परिवर्तनमा भारतको भुमिका रहँदै आएको छ। र अहिलेको प्रपन्च पनि त्यसैको एउटा कडि हो।

प्रधानमन्त्री ज्यू ढिलै भएपनि सत्य उद्घाटित गर्नु भएकोमा साधुवाद छ।तर यो सब कारकको तपाई पनि एउटा पात्र हो भन्ने हेक्का छ कि छैन?तपाईहरु जब यो मुलुकको समस्या आफ्नै मुलुकमा हल नगरेर २०६२सालमा दिल्ली पुग्नुभयो र बिदेशी प्रभुहरुलाई मालिक ठान्नु भयो, हो त्यसैको फल भोग्दै हुनुहुन्छ ।तपाईलाई नेपालको इतिहास राम्रो संग अवगत होला कि नेपालका राजा महाराजाहरुले कसरी २४०बर्ष सम्म आफ्नो मुलुकलाई स्वतन्त्र र स्वाधिन बनाएर ल्याएका थिए तर तपाईहरु बास्तबिक भूराजनीतिक परिस्थितिको अवहेलना गर्दै जसरी अतिक्रान्तिकारी रोमान्चकतामा भुल्नुभयो हो त्यही कमजोरीमा बिदेशी प्रभुहरुले खेल्ने मौका पाए र तपाईहरु दास र दलाल बनाइएको हेक्का पाउनु भएन।

आज जुन प्रकारको रोदन गर्दै हुनुहुन्छ त्यसले मात्र नेपालको राष्ट्रियता बलियो हुदैन,नेपालको राष्ट्रियता बलियो बनाउन परापुर्वकाल देखि राष्ट्रिय एकताको आधार शाहबंशीय राजसंस्था हो।यो नेपाल राष्ट्रको निर्माता शक्ति हो।जबसम्म यो शक्तिलाई पुनर्बहाली गराउन सकिदैन तबसम्म बाह्यशक्तिको चलखेल, प्रभाव निरस्त्र गर्न सकिदैन ।तसर्थ तपाईले सोच्नुभएको अर्धसत्य मात्र हो।पुर्ण सत्य त राजा सहितको प्रजातन्त्र हो।यो सत्य र अपरिहार्यतालाई मनन गर्दै अगाडि बढ्नोस तपाईलाई सम्पुर्ण नेपाली जनताको साथ पाउनु हुनेछ, अन्यथा तपाई त बिलिन हुनुहुनेछ नै राष्ट्र पनि संकटमा परिरहेको छ।

प्रधानमन्त्री केपी ओलीको भनाई अनुसार, उनलाई भारतले पदबाट हटाउन चाहन्छ र त्यसका लागि होटलका कोठाहरुमा दुताबासका र उनका पार्टीकाको उठबस चलिरहेको छ,अर्थात उनलाई आफ्ना पार्टीकाले भारतको सहयोगमा हटाउने प्रपन्च चलाइरहेको छ।उनि के पनि दावा गरिरहेको छन भने यति बेला उनि बाहेक कसैले पनि देशको हित गर्न सक्दैनन्, त्यसको लागि उनि प्रधानमन्त्री पद नचाहेर पनि छोड्न मिल्दैन ।यो भन्दा अघिल्लो पटक पनि चिनसंगको पारबहन र बाणिज्य संधिका कारण उनको बहिर्गमनमा भारतको हात थियो ।अर्थात नेपालको सत्ता परिवर्तनमा भारतको हस्तक्षेप छ र उनिले अडान नलिए यो आगामी भबिस्यमा कसैले पनि सक्दैन र राष्ट्रबादको यो अडानमा उनलाई सबैले साथ दिनुपर्छ ।प्रधानमन्त्रीको यो स्विकारोक्तिले अब सम्पुर्ण नेपालीलाई स्पष्ट भयो कि नेपालको सत्ता परिवर्तनमा भारतको भुमिका रहँदै आएको छ। र अहिलेको प्रपन्च पनि त्यसैको एउटा कडि हो।

प्रधानमन्त्री ज्यू ढिलै भएपनि सत्य उद्घाटित गर्नु भएकोमा साधुवाद छ।तर यो सब कारकको तपाई पनि एउटा पात्र हो भन्ने हेक्का छ कि छैन?तपाईहरु जब यो मुलुकको समस्या आफ्नै मुलुकमा हल नगरेर २०६२सालमा दिल्ली पुग्नुभयो र बिदेशी प्रभुहरुलाई मालिक ठान्नु भयो, हो त्यसैको फल भोग्दै हुनुहुन्छ ।तपाईलाई नेपालको इतिहास राम्रो संग अवगत होला कि नेपालका राजा महाराजाहरुले कसरी २४०बर्ष सम्म आफ्नो मुलुकलाई स्वतन्त्र र स्वाधिन बनाएर ल्याएका थिए तर तपाईहरु बास्तबिक भूराजनीतिक परिस्थितिको अवहेलना गर्दै जसरी अतिक्रान्तिकारी रोमान्चकतामा भुल्नुभयो हो त्यही कमजोरीमा बिदेशी प्रभुहरुले खेल्ने मौका पाए र तपाईहरु दास र दलाल बनाइएको हेक्का पाउनु भएन।

आज जुन प्रकारको रोदन गर्दै हुनुहुन्छ त्यसले मात्र नेपालको राष्ट्रियता बलियो हुदैन,नेपालको राष्ट्रियता बलियो बनाउन परापुर्वकाल देखि राष्ट्रिय एकताको आधार शाहबंशीय राजसंस्था हो।यो नेपाल राष्ट्रको निर्माता शक्ति हो।जबसम्म यो शक्तिलाई पुनर्बहाली गराउन सकिदैन तबसम्म बाह्यशक्तिको चलखेल, प्रभाव निरस्त्र गर्न सकिदैन ।तसर्थ तपाईले सोच्नुभएको अर्धसत्य मात्र हो।पुर्ण सत्य त राजा सहितको प्रजातन्त्र हो।
यो सत्य र अपरिहार्यतालाई मनन गर्दै अगाडि बढ्नोस तपाईलाई सम्पुर्ण नेपाली जनताको साथ पाउनु हुनेछ, अन्यथा तपाई त बिलिन हुनुहुनेछ नै राष्ट्र पनि संकटमा परिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।