0 COMMENTS
शेखर जङ्ग रायामाझी

आज ठुला राष्ट्रिय अखबारमा चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण भएको समाचार पढियो ।पुर्व, दक्षिण र पश्चिममा एकहत्तर ठाउँमा सीमा अतिक्रमण भएको जानकारी प्राय सबैमा जानकारी छ। कथित लोकतान्त्रिक गणतन्त्रको शासनआएको पनि धेरै बर्ष भयो।तर अतिक्रमित समस्या सुल्झाउने भन्दा बल्झाउने मात्र होइन झन स्थिति भयावहः बनाउने कार्य भैरहेको देखिदै छ।

उत्तर होस् वा दक्षिण, पुर्व होस् या पश्चिम जतातिरको भुगोल मिचिए पनि नेपालको भुगोल मिचिएको हो र प्रत्येक नेपालीको मन मुटु दुखेको छ।तर सत्तामा बस्नेहरु दक्षिण तर्फ बार्ता गर्न सकिरहेका छैनन् भने उत्तरमा त केहि भएको नै छैन जस्तो चु सम्म गर्न सकेका छैनन् ।बिश्वब्यापी महासंक्रमण फैलिएको कोरोना, हाम्रो मुलुकलाई पनि झनझन गाज्दै लगिरहेको छ,दिनप्रतिदिन संक्रमितको संख्या अचाक्लि बढिरहेको छ।सरकार र प्रतिपक्ष दुबै यो महारोग नियन्त्रण र समाधान भन्दा सत्ता स्वार्थमा अलमलिरहेका छन् ।

भ्रष्टाचार, अनियमितता र कुशासनले देश थिलोथिलो भएको छ।कुनैपनि आयोजना न समयमा सम्पन्न हुन्छ, न निश्चित लागतमा निर्माण हुन्छन।समय र लागत आबश्यकता भन्दा दोब्बर, तेब्बर मात्र होइन दसौं गुणा बढी पनि गरेका छन् ।एमसिसि नामको अमेरिकन आयोजना संसद् बाट लागु गराउन काङ्ग्रेसका शेरबहादुर,प्रधानमन्त्री वोली र राष्ट्रपति बिध्यादेवी देखि राप्रपाका कमलथापा, लोहनी, पशुपति शमशेर र बाबुराम भट्टराई लगाएतले मरिहत्ते गरिरहेका छन् ।जुन सम्झौताका प्रावधान देशहितमा छैन,राष्ट्रघाती छ भन्ने जन जनलाई अवगत भैसकेको छ।

अर्थमन्त्री एकातिर राष्ट्रिय ढुकुटी रित्तिएको बताउछन भने अर्कोतिर सांसद, मन्त्री तथा उच्च पदस्थको सेवा सुबिधा बृद्धि गरेकाछन् । जनताको जीवनरक्षाका लागि खर्च अभाव छ भन्दै सांसद बिकास कोषमा अनावश्यक रकम छुट्याइएको छ।प्रधानमन्त्री रोजगारी योजना बिवादास्पद हुँदा हुँदै दोब्बर रकम बिनियोजन गरिएको छ।
कोरोना, लकडाउन र न्यूनर्मल प्रकृयामा हास्यास्पद भनौँ कि दर्दनाक स्वरुपमा रुपान्तरण भएको छ।तिन महिना भयो अझै क्वारेन्टाइन बधशाला जस्ता छन।आरडिटि परिक्षण संसारले नै रिजेक्ट गरिसक्यो तर यहाँ सुचारु छ।पिसिआर मात्र परिक्षण गर भन्दै ठुलो जनमानस सडकमा उत्रेपनि सरकारले चेतेको छैन।निमुखा, अशक्त, दैनिक ज्यालादारी श्रमजीवीको बेहाल थियो अझ मध्यमवर्ग पनि धरमराई सके।

यो अवस्थामा पनि, कोरोना नियन्त्रणका साधन नक्कली भएको, औजार र औषधीमा अकल्पनीय मात्रामा भ्रष्टाचारका कर्तुत तथ्य, सत्य र प्रमाणित हुदै आएका छन।
भ्रष्टाचार, अनियमितता र कुशासनका साथै दुश्चरित्र का कारणले लोकतन्त्र फलाक्दैमा लोकतन्त्र नहुँदो रहेछ भन्ने यथार्थ नेपाली जनता र बिश्वबिरादरीले ठम्याइसकेकाले यो कथित लोकतान्त्रिक गणतन्त्र र यि कथित नेताका साख गुमेको छ र यिनका नेपाल भित्र र बाहिर कहिँकतै प्रभावहीन भएकाले पतन अवश्यंभावी निश्चिन्त छ।नेपाली सर्वसाधारणको जिबन रक्षा र नेपाल राष्ट्रको उज्जल भविष्यको लागि राष्ट्रिय झण्डामा गोलबद्ध हुनु आजको अपरिहार्य आवश्यकता हो।
शेखर जङ्ग रायामाझी -प्रमुख नेता
पुनरुत्थानवादी शक्ति नेपाल
२०७७ असार१० काठमाडौं

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।