0 COMMENTS
नेता शेखर जङ्ग रायामाझी

नेपालको राजनीतिमा हिंसा आवश्यक छ भन्दै कुतर्क गरिरहेका थिए ।हामीलाई थाहा थियो आजको युगमा हिंसाबाट कोहि कसैको भलो भइरहेको छैन र हुँदैन ।कम्युनिष्ट नेता र स्वघोषित नागरिक समाज र बौद्धिक नेताहरु हिंसालाई जायज र उचित ठहराईरहेका थिए ।तिनिहरुले  जबर्जस्ती हिंसाको बलमा राजनितिक परिवर्तन गराए र अग्रगमनको नाममा हाम्रो मुल्यमान्यता, संस्कृति, धर्म र कयौ बर्ष देखि पुर्खाले बनाएका संरचना, रीतिथिति र परम्परा भत्काउने काम गरे र गर्दैछन।

आज दुई दशक पछि हिंसाकाल र त्यसको उत्पादित राज्यप्रणाली र शासनको सिंहावलोकन गर्दै मुलुकको परस्थिति बारे छोटो परिदृश्य यहाँ प्रस्तुत गर्दै छु।कुनैपनि शासनको प्रमुख दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्दै, मुलुकको स्वाधिनता,स्वतन्त्रता र संम्प्रभुको रक्षा गर्नु हो अर्थात नागरिक हित र राष्ट्रको स्वार्थ पहिलो कर्तव्य र जिम्मेवारीहो।

तर यतिबेला इतिहासमै नेपालीहरु कष्टकर जिवन ब्यतित गर्दैछन् र मुलुक सर्वाधिक संकटमा फसेको छ।आमनागरिकको जनजिविका,स्वास्थ्य, शिक्षा र रोजगारी, उधम मात्र होइन, स्वतन्त्रता, स्वाधिनता र संम्प्रभुतामा आँच आइरहेको छ। बर्तमान यो गणतान्त्रिक शासनकालमा देशभित्रको आन्तरिक परिस्थिति ज्यादै लथालिङ्ग, बेथिति, बिकृति र बिसंगतिपुर्ण देखिएको छ भने बाह्य परिस्थिति असन्तुलित र नकारात्मक छ,मुलुकको स्वाभिमान र गौरवमा चोट पुगेको छ।देशका सत्ताधारीहरु निजि स्वार्थमा रमाइरहेका छन।भ्रष्टाचार,अनियमितता र कुशासन राष्ट्रको संस्कृति बनाइएको छ ,फलस्वरुप अनिश्चितता र अस्थिरता बढेको छ,जनता दुखि, असहाय, र असन्तुष्ट बनेका छन र सडकमा जताततै आक्रोस पोखिएको छ ,अनि बिद्रोह सन्निकट देखिएको छ।

मुलुकको यो बिषम परिवेशबाट उन्मुक्ति र आगामी सुखद भबिस्यको लागि अब सबै नेपाली एकजुट हुन अपरिहार्य भएको छ। देशभक्त राष्ट्रवादी र सदाचारी शक्तिको नेतृत्व आजको आवश्यकता हो ।यस्कोलागि सबैखाले निषेध र विभेदको अन्त्यको प्रण गर्दै, आफ्नो संस्कृति सम्पदा सभ्यताको जगेर्ना गर्न, भ्रष्टाचारी, अनैतिक, अयोग्य र अदक्ष बाह्यशक्तिबाट परिचालित परनिर्भरमुखी आसुरी प्रबृतिको गणतान्त्रिक शासनको समाप्ती र नेपाली जनताको चाहना र भावना अनुरुपको नेपालवादलाई अङ्गिकार गर्ने ,नेपाली राष्ट्रिय एकताका धरोहर,राष्ट्रनिर्माता, राष्ट्रिय अभिभावक राजा र पुर्ण नागरिक अधिकार सहितको आत्मनिर्भरमुखि शासनको पक्षमा राष्ट्रिय झण्डामा गोलबद्ध भइ ऐक्यबद्धता जनाउन सम्पुर्ण देशप्रेमी जनसमुदायमा अपिल गर्दछु ।
शेखर जङ्ग रायामाझी
प्रमुख नेता  पुनरुत्थानवादी शक्ति नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।