0 COMMENTS

गत साता सरिता गिरी र अमृता अग्रहरीले संसदमा हिन्दीभाषामा आफ्नो मन्तव्य राखे ।संसदमा हिन्दी भाषा प्रयोग गर्नु गैरकानूनी र गैरसंवैधानिक कार्य हो ।नेपालको संविधान र कानुनले निषेध गरेको छ, जुन उनिहरुले नै बनाएका हुन् ।अर्को नेपालको कुनै पनि भुगोलमा स्थानीय भाषा हिन्दी छैन् ।सरिता गिरी मैथली र अमृता अग्रहरी अबधि भाषि हुन् ।उनिहरुले आ-आफ्नो भाषामा प्रस्तुत भएका भए बिरोध हुने थिएन तर उनिहरु मानौ हिन्दी बाहेक अरु बोल्नु अपराध हुने जस्तो भाव भङ्गिमा देखाइरहेका थिए ।
सरिता गिरी नेपाल सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा भारतको सहमति नलिई निकाल्न नहुने र यो परराष्ट्र नीति प्रतिकूल भएको कुतर्क गर्दै थिइन ।जस्को बिरोध हुने नै थियो ब्यापक भयो ।अर्को एउटा मिडियामा त उनले उक्त क्षेत्र नेपालको हो भनेर नमान्ने नै बताइन।

अब सरिता गिरी किन आफ्नो स्थानीय भाषा मैथली भन्दा हिन्दी भाषा लाद्न चाहन्छिन्?मैथली भाषा उनको प्रथमिकतामा किन पर्दैन ? जबर्जस्ती हिन्दी प्रयोगले किन नेपालमा भारत बिरोधि भावना बढाउछिन ? लिम्पियाधुरा सम्बन्धमा धेरै लामो समयदेखि बहसमा छ ,किन उनि नेपालको हो भनेर मान्दिन भन्छिन् ?

जब भारतले ३७२ बर्गमिल हडपेकोजग्गा आफ्नो नक्सामा समेट्दै आफ्नो सम्प्रभुको दाबी गर्दा यिनको आवाज किन निस्केन ? भारतले अर्काको भुमिमा सहमति बेगर बाटो बनाउँदा चुइक्क नगर्नुको कारण के ?

नेपालले नक्सा प्रकाशित गर्न तयार गरेका प्रमाण र दस्तावेज यतिका दिनसम्म हेर्न किन नचाहेको? चीनतिर ५७न पिलर बाहेक बिबाद छैन किन नमिचिएको जमिनलाई मिचिएको भन्दै कुप्रचार गर्दैछिन ? सेनाको बिषयमा नभएको कुरा दावि गर्दैछिन,नेपालको भूभाग भित्र सेना कहि पनि बस्न सक्छ ,यिनलाई के को आपत्ति ?
हो गणतान्त्रिक नेपालमा सरिता गिरी जस्ता अरुपनि धेरै सासंदको नन्दि भृङ्गि चर्तिकला देखाइरहेका छन।यिनीहरु खासमा दास र दलाल प्रबृतिका छन।यो दिल्लीमा भएको बाह्र बुँदे सहमतिको प्रदुषण हुन।जो दास प्रबृतिका छन उनिहरु सिधै आफनो प्रभुको हुकुम तामेलिमा लागि पर्छन र उनिहरुलाई लाज,सरम डर भर केहि मान्दैनन् ।अर्को दलाल प्रबृतिका छन उनिहरु आफुलाई राष्ट्रवादी ब्याख्या गर्छन र आफ्ना निजि सत्ता स्वार्थमा लम्पसारवादी निति अख्तियार गर्छन।हो यतिखेर आम नेपालीको चासो र सवाल छ, खै नयाँ नक्सा ? किन संसदले अनुमोदन गर्न सक्दैन ?

अब सबै नेपालीले बुझ्नु पर्दछ कि राष्ट्रियता संकटमा छ, नेपालको राजनैतिक भुअवस्थिति ,मुल्यमान्यता चरित्र, संस्कार र इतिहासको कारणले गणतन्त्रले नेपाल र नेपालीको रक्षा गर्न सक्दैन तसर्थ यो सबै नेपालीले राष्ट्रिय झण्डा बोक्ने समय हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।