0 COMMENTS

 प्रतिभा भट्टराइ,सनातन हिन्दु धर्मका शास्त्र ले बताएका व्रत हरु मध्ये अधिक महत्व बोकेको व्रत एकादशी पनि हो। महिनामा दुई वटा र वर्ष भरी गरी चौबीस वटा अनि अधिकमास (पुरुषोत्तम महिना) परेका बेलामा थपिने दुईवटा गरी छब्बीस वटा एकादशी हरु मा जेष्ठ शुक्ल एकादशीलाई निर्जला एकादशीको नाम ले जानिन्छ। एकादशीको दिन अन्न ग्रहण गर्न वर्जित गरिए सँगै निर्जला एकादशीको दिन भने जल समेत ग्रहण नगरी जलले भरिएको घडा,फल दक्षिणा लगायत दान गर्न योग्य जुनसुकै वस्तुको पनि दान गर्दा उत्तम फल मिल्ने विश्वास गरिन्छ। कुनै बेला दुईदिन एकादशी परेका समयमा कसैले दशमी तिथि ले छोएको एकादशीमा व्रत बस्छन् भने वैष्णव हरुले द्वादशी तिथि लाई छोएको एकादशीको दिन व्रत बस्ने गरेको पनि पाइन्छ तर दुवै दिनको व्रतको महत्व भने बराबर नै मानिन्छ।

समस्त पाप नष्ट गर्न, मोक्ष प्राप्ति लगायत,सुख, समृद्धि तथा भाग्योदय का लागि जो कसैलाई पनि यो व्रत लिनु फलदायी हुने भए पनि अन्न ग्रहण गर्न नमिल्ने हुनाले अनि काम ले व्यस्त हुनु पर्ने वाध्यता भएका हरु ले वर्ष भरीको एकादशीमा व्रत गर्न नमिल्दा चार महिना (चतुर्मास) भरी मात्र यो व्रत लिँदा पनि राम्रो फल मिल्ने, तथा चार महिना पनि व्रत बस्न नसक्ने हरुका लागि यही एक दिनको मात्र विधिपूर्वक ब्रतले पनि वर्ष भरी गरिने व्रतको फल मिल्ने विश्वास गरिन्छ। चतुर्मास भरी मात्र व्रत लिने हरुले पनि व्रतको सुरुवात यही निर्जला एकादशी देखि नै गर्ने गर्दछन।पाँच पाण्डव हरुलाई बस्न अह्राएको एकादशी व्रत अरूले बस्न सक्ने तर भीमसेनले भने सबै एकादशीमा व्रत बस्न गारो हुने बताए पछि, उनलाई पनि यही एक दिन मात्र व्रत लिन गुरु व्यासले भनेका थिए। यसरी पाण्डवहरूले र भीमसेनले समेत लिएको व्रत भएकाले यो निर्जला एकादशी लाई पाण्डव वा भीमसेन एकादशी पनि भनिन्छ। सनातन धर्म ले अत्यधिक औषधीय गुण भएको तुलसीको बिरुवा पवित्रताको लागि पनि हरेक घरमा हुनु लाई राम्रो माने सँगै हरिशयनी एकादशी (ठूलो एकादशी) को दिन रोपिने तुलसी को दल (विउ) यसै दिन छर्ने गरिन्छ भने १५ दिन पछि आउने अर्को एकादशीमा गोड्ने अनि एक महिना पछि पर्ने ठूलो एकादशी मा सारेर पूजा गर्ने गरिन्छ। यसरी बिष्णु भगवानका सत् नाम,हजार नाम स्तोत्र, गीता, भागवत लगायत अन्य पाठ हरु सहित तील,तुलसी ले पूजा अर्चना गरी व्रत बस्दा सुभ फल मिल्ने हुँदा हुँदै पनि पानी पनि नपिईकन बस्नु पर्ने भएका कारण, व्रत विधि जानेको भए पनि समय ,परिस्थिति र आफ्नो स्वास्थ्य को ख्याल राख्दै सकेको र भ्याएको सबैले गर्ने र गर्न नसक्ने हरु ले पनि उक्त दिन माछा, मासुको मात्र सेवन नगर्दा पनि आफ्नै स्वास्थलाई फाइदा पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।