0 COMMENTS

 के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ ।

जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् ।

चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् । चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिग्रंदै जान्छ ।

मुटुरोग विशेषज्ञ डा। प्रेमराज वैद्यले जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने बताए ।

उनले भने, ‘जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ । यस्तै, अन्य समयभन्दा २० प्रतिशत बढी पक्षघात रहने सम्भावना रहन्छ ।’

चिकित्सकहरूका अनुसार जाडोको समयमा घाम कम हुने भएकाले भिटामिन डीको कमी भई अन्य समयभन्दा ५ प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा। हरिहर खनालले मानिसको जीवनशैलीका कारण ‘सडेन कार्डिएक डेथ’ हुने गरेको बताए ।

उनले भने, ‘जीवनशैली, तनाव, अल्छीपना, मोटोपनाका कारण हृदयाघात हुने सम्भावना बढी हुन्छ त्यसैले जीवनशैली परिवर्तन गर्न जरुरी छ । मुटुको समस्या देखिए तुरुन्त अस्पतालमा जानुपर्छ ।’ -राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।