कालापानी मिचेको विरुद्धमा बुटबलमा विरोध हस्ताक्षर अभियान शुरु

2019-12-03   समाचार

रुपन्देहि१७म‌सीर०७६/अनेरास्वविय बुटवल बहुमुखी क्याम्पसले कालापानी, लिपुलेखको विषयलाई लिएर हस्ताक्षर अभियान चलाएको छ । नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी सङ्गठनले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुराको पक्षमा जनदबाबका लागि भारत सरकार विरुद्ध हस्ताक्षर अभियान बुटवल बहुमुखी क्याम्पसमा शुरु गरेको बुटबल बहुमुखिका अध्यक्ष भरत अर्यालले बताए ।भारतको बिस्तारवादी रवैयाको विरुद्ध आज अनेरास्वियुले बिरोध जनाउदै जनदबाब दिनका निम्ति देशव्यापी कार्यक्रम गरेको अर्यालले बताए ।

हस्ताक्षर प्रत्येक क्याम्पसवाट सङ्कलन गरि अनेरास्ववियु केन्द्रले भारतिय राजदुतावासमा बुझाउनेछ । हस्ताक्षर कार्यक्रममा अनेरास्नीयू रुपन्देहि जिल्ला अध्यक्ष लेखनाथ खनाल, अखिल क्रन्तिकारी रुपन्देहि जिल्ला संयोजक रुपेस पौडेल, अनेरास्ववीयू जिल्ला कमिटी सह सचिव शेषकान्त पोखरेल, अनेरास्ववीयू जिल्ला कमिटि सदस्य नविन थापा सारु, जिल्ला कमिटि सदस्य भरत अर्याल, टेक राज रेग्मी लगायतले संयुक्त रुपमा हस्ताक्षर गरि अभियान सन्चालन गरेका हुन ।