0 COMMENTS

काठमाडौं,कात्तिक २८, २०७६ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिव डेढघण्टा छलफल गरेका छन् ।
त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले विदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुले मौका पाउनेछन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् ।

यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्ने तयारी समेत प्रधानमन्त्री ओलीको छ ।

विगत २० महिनामा मन्त्रीहरुले गरेको कामको आधारमा उनीहरुलाई सोही किसिमको जिम्मेवारी दिन लागेको वालुवाटार स्रोतको दावी छ ।

शुक्रबार ९ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । सो बैठकले नयाँ मन्त्रीको नियुक्तिबारे निर्णय लिने बताइएको छ ।

यसअघि मंगलबार बसेको नेकपा सचिवालय बैठकले नै नयाँ बन्ने मन्त्रीको नामबारे टुंगो लगाउने भनिएपनि सांगठनिक विषयमात्रै टुंग्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।