0 COMMENTS

काठमाडौं२५ कार्तिक २०७६ । पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ। सरकारले सुनचाँदीमा भन्सार दर बढाएसँगै बजारमा सुनको मूल्य बढ्न गएको हो। नेपालबाट सुनचाँदी भारतमा गएको आशंकामा सरकारले भन्सार दर वृद्धि गरेको थियो।

अर्थ मन्त्रालयका अनुसार सुनमा प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार बढाएर ६ हजार ५ सय रुपैयाँ भन्सार पुर्याएको छ।गत शुक्रबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै दिन तोलामा १ हजार १ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो समाचार आजको कारोबारमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।