0 COMMENTS

बाल्यावस्थाका मनोसामाजिक समस्याहरू बुझ्नको निम्ति जन्म र विकासक्रम अनि बाल मस्तिष्कमा हुने जैविक, रासायनिक र मनोबैज्ञानिक परिवर्तनलाई बुझ्नु आवस्यक हुन्छ। बच्चाले आमाको गर्भमा बिताउने ९ महिना एकदमै महत्त्वपूर्ण समय हो ।यहि समयको ३-५ हप्तामा स्नायु प्रणालीको बिकासक्रम सुरु हुन्छ। करिब १० हप्तामा मस्तिष्कको अगाडिको भाग (कर्टेक्स)बिकास हुन्छ र जन्मदा दिमागको तौल लगभग ३५० ग्राम हुन्छ ।सुरुवाती अवस्थाको मस्तिष्कका न्यूरोनहरुलाई इन्फेक्सन ,अक्सिजनको कमि ,मेटाबोलिक समस्या आदिले असर गर्दछन ।बच्चामा चल्ने ,सुन्ने र देख्ने शक्ति गर्वावस्थाबाटै बिकसित हुँदै गएर त्यही शक्तिले जन्मपश्चात् जीवन जिउन सिकाउँदछ। बाहिरी संसारसँग अभ्यस्त हुने क्रममा बच्चामा विभिन्न क्षमताहरुको बिकास हुँदै जान्छ ।

बिस्तारै बस्ने,उठ्ने,हिंड्ने ,दगुर्ने जस्ता क्षमता विकसित हुन्छन् ।यसै क्रममा बच्चाले बोल्न पनि सिक्दछ।मनोबैज्ञानिक बिकासक्रमको पहिलो खुड्किलो भनेको आवाजहरु सुन्ने र त्यसलाई ध्यान दिने हो ।बिस्तारै संकेतहरु प्रयोग गर्ने ,खेल्ने र हाँस्ने प्रक्रिया सुरु हुन्छ। बच्चाहरूमा तार्किक सोचाइ लगभग ६-११ वर्षको उमेरमा सुरु हुन्छ भने सारभूत सोचाइ ११-१९ वर्ष उमेरमा हुन्छ। भावानात्मक बिकासको कुरा गर्नुपर्दा सामाजिक मुस्कान २ महिना सम्ममा देखापर्दछ।२ बर्षको उमेरमा प्राय अरुको भावना बुझेर सोही अनुसार भाव व्यक्त गर्ने कला बिकास हुन्छ। बच्चाले आफ्नो हेरचाह गर्ने ब्यक्ति (प्राय आमा) सँग बनाउने सम्बन्धलाई अट्याचमेन्ट भनिन्छ।यस्तो सम्बन्ध सरल र सहि ढंगले अघि नबढ्दा पछी गएर विभिन्न मनोसामाजिक रोगहरु लाग्ने सम्भावना रहन्छ । लगभग ८ महिनाको समयमा बच्चालाई अन्जान ब्यक्तिसँग डर लाग्ने हुन्छ, जसलाई “स्टेन्जर एङ्जाइटी” भनिन्छ। १०-१८ महिनाको बिचमा आफ्नो हेरचाह गर्ने ब्यक्तिबाट टाढिनु पर्दा बच्चालाई डर लाग्ने ,आत्तिने ,रुने आदि हुन्छ। यसलाई “सेपेरेशन एङ्जाइटी” भनिन्छ ।

बाल्याबस्थामा मनोसामाजिक समस्या निम्त्याउन सक्ने कारणहरु:

१) गर्भावस्थामा आमामा हुने तनावले गर्दा शरीरमा स्ट्रेस हर्मोन पैदा भई बच्चामा विभिन्न नकारात्मक असर गर्न सक्ने २) गर्भावस्थामा मादकपदार्थ र लागूऔषधको प्रयोग
३) वंशाणुगत
४)प्रसुतिको जटिलताहरु

मनोसामाजिक समस्याहरु :
१) इन्टेलेक्चुअल डिसयाविलिटी डिसअर्डर – १८ वर्षको उमेर अघि मस्तिष्कको बिकासमा बाधा पुगि हुने समस्या
– सुस्तमनस्थिती
– बौद्धिक बिकासमा कमि

२) कम्युनिकेशन डिसअर्डर
– बोल्ने क्षमतामा ह्रास, भकभकाउने , एउटै कुरा दोहोर्‍याउने,धेरै जनाको अगाडि बोल्न नसक्ने ३) अटिजम स्पेक्ट्रम डिसअर्डर
– भाषा र संचारमा समस्या
– अशाब्दिक संचार कौशलमा कमजोरी , सामाजिक सम्बन्धको बुझाईमा समस्या, परिवर्तन नचाहने , एउटै कुरा दोहोर्‍याउने

४) ए. डि. एच. डी
– चकचकेपना समान्यभन्दा बढी
– बोलाउदा नसुन्ने , ध्यान नदिने
– अरुको पालो नदिने

५) एस् .एल् .डी
– शब्दहरु पहिचानमा कठिनाइ, ब्याकरणमा गल्ती , सुस्त र गलत लेखाइ- पढाइ , संख्याहरु पढ्न ,बुझ्न र हिसाब गर्न कठिनाइ

यी र यस्ता विभिन्न समस्याहरु बाल्यावस्थामा आउन सक्ने मनोसामाजिक समस्याहरु हुन् । यस्ता समस्याहरु उचित परामर्श र उपचार पछि धेरै हदसम्म कम भएर जान्छन। कतिपय समस्या पूरै ठिक नभएतापनी सहि मार्गदर्शन भएमा अधिकांश बालबालिका सफल र सुन्दर जीवन जिउन सफल हुन्छन् । यी बाहेक बयस्कमा जस्तै डिप्रेसन , एङ्जाइटी , साईकोसिस जस्ता समस्या पनि उपचार पश्चात पुरै ठिक हुन्छन् ।

डा . सुमनप्रसाद अधिकारी
स्नायु तथा मनोरोग विशेषज्ञ
मनोशास्त्र काउन्सिलीङ एण्ड रिसर्च सेन्टर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।