0 COMMENTS

सुर्खेत, १९ माघ / कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ‘मानव सेवा आश्रम’ सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ स्थापना गरिएको सो आश्रम शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकमा रहेकी वृद्ध लक्ष्मी रेग्मीलाई प्रवेश गराएर उद्घाटन गर्नुभएको थियो ।

“कर्णाली प्रदेशको सबै काम सरकारबाट सम्भव छैनन्, निजी क्षेत्रको पनि आफ्नै भूमिका छ”, उहाँले भन्नुभयो, “सिङ्गो मानव जीवन र जगत्मा काम गर्ने निकाय सरकारका असल सहयोगी हुन् ।”
आश्रमका प्रमु्ख संरक्षक डा टण्डनले यस प्रदेशका सडकमा बेसहारा मानवमुक्त गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशअन्तर्गत १२ जिल्लाका १४ स्थानमा आश्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।