0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै, चार वेद अनि अठारै पुराणको एउटै सार सेवा नै धर्म हो भन्ने कुरा लाई आत्मसात् गर्दै र भगवानका श्रृष्टिहरुको सेवा नै परमेश्वरको पूजा हो भन्ने कुरा लाई मनन् गर्दै , सर्व श्रेष्ठ प्राणीको रूपमा जन्म लिन पाएको भए पनि र विज्ञान र प्रविधिले भित्र्याएका संपूर्ण सुख सुविधाहरूको उपभोग गर्दै सम्पन्न जीवन बिताउने अभिलाषा राख्दा राख्दै पनि उसैका विचार, कर्म, परिस्थिती भाग्य दैवी प्रकाेप, भवितब्य जस्ता दुर्घटना हरूले मानव जीवन आफूले सोचेको जस्तो हुँदैन। मानिसका लागि गाँस वास र कपास अनि शिक्षा स्वास्थ्य र मनोरञ्जनका साथै माया प्रेम र सम्मान पनि अपरिहार्य भएको तर तीनलाई कमाउन किन्न फलाउनअनि माग्न नमिल्दा त्यही माया प्रेम र सम्मान को अभाव मा घरपरिवारबाट एक्लिएका र मानसिक सन्तुलन समेत गुमाउन पुगेका व्यक्ति हरु, समयमा होस् गुमाएर गल्ति गर्दा र दुर्व्यसनमा लागेर समाजबाट अपहेलित भएका साथै व्यस्तताका कारण अनि स्वतन्त्रता का नाममा घरपरिवारले कर्तव्य र संस्कारको ख्याल नगर्दा एक्लिएका मानिसहरूको अन्तिम गन्तव्य बन्न पुगेको सडक र फोहोरको थुप्रोमा सित ताप र भोक प्यास खपेर आकाशलाई छाना र धर्ती लाई ओछ्यान मानेर बस्नु नियति भएका ब्यक्तिहरु बाटो हिंड्ने हर कोहीका दिक्दारी हुन पुग्छन।

कतिले गाली गर्ने र पिट्ने गर्छन त कतिले कठै भनेर दया पनि देखाउलान् तर उनीहरूको वास्तविकता बुझेर सहयोग गर्ने मन् धेरैलाई हुँदैन तर जसरी हामीले विभिन्न सेवा सुविधा उपभोग गरे बापत सरकारलाई कर बुझाउँछौं त्यसैगरि यो सुन्दर प्रकृति, स्वच्छ जल अनि वायु को उपभोग गरे बापत पनि आफ्नो कमाइबाट १० प्रतिशत रकम भगवान को नाममा सेवा मा लगाउनु पर्छ वा आफ्नो धन शुद्ध पार्नको लागि पनि दान गर्नु पर्छ भन्ने सोच भएका स्वदेश तथा विदेशमा रहेका नेपाली सहयोगी मन् हरुले जन्म दिन, वर्ष गाँठ र पितृ हरुको नाममा गर्ने दान र मुठी दानको भरमा मानव सेवा आश्रम ले सडक मानव हरुलाई उद्धार, पालनपोषण, मनोविमर्शसेवा , चिकित्सकीय सेवा समेत दिएर नीको भएपछि परिवार खोजेर पुनर्स्थापना गर्ने, नभेटिए आफैंले संरक्षण गर्ने र निधन भएको खण्ड मा अभिभावकत्व वहन गर्दै अन्तिम संस्कार पनि गरिदिएर सेवा पुर्याउदै आएको छ। राज्यले आफ्नो देशको जनशक्तिको समयमा सही परिचालन गरी उनीहरुको भविष्य सुनिश्चित गर्ने व्यवस्था मिलाउन नसक्दा अलपत्र परेका धेरै वृद्ध वृद्धा हरुको संरक्षण गरेर मानव सेवा आश्रम ले राज्यको भार पनि कम गरेको महसुस गर्न सकिन्छ।

यसरी आफ्नो जवानी र समयको लगानीको परवाह नगरी दिनरात दुःखी हरुको सेवामा समर्पित भएर अपार सन्तुष्टि र पुण्य प्राप्त गर्ने चाहना अनुरुप युवा शक्तिहरूको जोस र जाँगर ले सहयोगी मनहरुबाट संकलित रकम ले सहयोगापेक्षी हरुको दिनचर्यामा परिवर्तन ल्याउँदै आफ्नो सेवा देश भर विस्तार गर्ने र सन् २०८२ सम्म सडक मानव मुक्त देश बनाउने लक्ष्य लिएर अघि बढेको मानव सेवा आश्रम ले आफ्नो सेवा बिस्तार सँगै लोकप्रियता पनि कमाउँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।