0 COMMENTS

उर्लाबारी ६ माघ /मनिष्मा फिल्मस् प्रा. ली. काे व्यानरमा नेपाली कथानाक चलचित्र ” राताे गलवन्दी ” निर्माण गरिने भएकाे छ । हिजाे शनिबार निर्माण पक्षले उर्लाबारीमा पत्रकार सम्मेलन अायाेजना गर्दै चलचित्र ” राताे गलवन्दी” बारे जानकारी गराएकाे हाे ।

करिव ९० लाखकाे लागतमा निर्माण हुन लागेको साे चलचित्रकाे छायांकन पूर्वकाे रमणीय स्थलहरूमा हुने निर्माता नवराज लम्सालले जानकारी गराएका छन । निर्माता लम्साल काे भनाइ अनुसार राताे भनेको क्रान्ति र गलबन्दी भनेको चिसाेबाट जाेगाउने पहिरन भएकाेले चलचित्र काे कथा क्रान्तिकारी भुटानी शरणार्थी काे प्रेम कहानीमा अाधारित चलचित्र निर्माण गर्न लागेको बताएका छन । सिम्वाेलिक श्रीर्षक “राताे गलवन्दी ” राखिएको कुरा उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएकाे थियाे ।

यस चलचित्र निर्माताहरूमा नवराज लम्सालकाे अलवा हिमाल कडेरीया र दुर्गा बस्नेत समेत रहेका छन । निर्माता लम्सालकाे अनुसार चलचित्र छाँयाङ्कन माेरङ्गकाे पथरीस्थित शरणार्थी शिविर बाट सुरू गरिने भएकाे छ । सुटिङ ३ महिनामा सकिने कुरा पत्रकार सम्मेलनमा बताईएकाे थियाे । यस चलचित्र मा चर्चित नायिका केकी अधिकारी, बुद्धि तामाङ, काेशिष क्षेत्री, सेन्जल पाैडेल, हेमन्त बुढाथोकी, अर्जुन गुरूङ, यज्ञ बहादुर कटुवाल” चुप्पी डन” लगायतको मुख्य अभिनय रहने छ ।

प्रेमकथामा अाधारित कथामा निर्माण गरिने उक्त फिल्म गाउँ – सहरकाे परिवेश उत्कृष्ट शैलीमा समेटिने निर्देशक अनिश थापाले बताए । हिमाल कडेरीयाकाे कथामा निर्माण हुन लागेको उक्त फिल्मलाई सुमन याेन्जनले छायांकन गर्दैछन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।