0 COMMENTS

काठमाडौ / तपाईले मानिसहरुले युट्युवबाट नियमित पैसा कमाइरहेको कथाहरु सुन्नुभएको होला र सोच्नु पनि भएको होला म पनि यसरी पैसा कमाउन सक्छु । हजारौं डलर कमाउने कुरा यथार्थमा सजिलो छैन् त्यसको लागि मेहनत पनि धेरै पर्छ ।

तपाईले छिटै पैसा कमाउन त सक्नुहुन्छ तर विशेष गरि तपाईको बलियो सब्स्क्राइबर बेस हुनुपर्छ । तपाईलाई युट्युवबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने बारेमा जिज्ञासा हुन सक्छ त्यसैले हामीआज यो प्याकेजमा तपाईलाई युट्युवबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने बारेमा कुरा गर्छौं । तपाईले यो गाइड अनुसार आफ्नो भिडियोहरु मनिटाइज गरेर आफुले युट्युव विज्ञापनबाट पैसा कमाउन सक्नुहुन्छ ।

१। आफ्नै एउटा युट्यव च्यानल बनाउनुहोस
तपाईको च्यानलनै युट्युवमा तपाईको व्यक्तिगत उपस्थिती हो । प्रत्येक युट्युव एकाउन्टमा एउटा च्यानल जोडिएको हुन्छ । युट्युव एकाउन्ट गुगल एकाउन्ट जस्तै हो र युट्युव एकाउन्टले तपाईलाई अरु गुगल प्रोडक्टहरु जिमेल र ड्राइभमा पनि पहँुच दिनेछ ।

आफ्नो नयाँ एकाउण्ट बनाउनुहोस वा पहिले भएकै एकाउन्ट प्रयोग गर्नुहोस । मानिसहरुले सजिलोसँग तपाईको युट्युव च्यानल खोज्न सजिलो बनाउनको लागि किओर्डहरु थप्नुहोस । यो कुरा ख्याल गर्नुहोस कि तपाईको किओर्ड तपाईको कन्टेन्ट अनुसारका छन् । तपाईको युजर नेमले पनि तपाईलाई फाइदा वा बेफाइदा दुवै पुर्याउन सक्छ । यदि तपाईको युजर नेम छोटो छ भने सबैले तपाईको च्यानललाई झट्टै सम्झन सक्छन् ।

२। कन्टेन्ट राख्नुहोस
उच्च गुणस्तरको र धेरै लामो नभएको भिडियोहरु राख्नुहोस । यस विकल्पमा तपाईले कस्तो खालको कनटेन्ट राख्ने निर्णय गर्नुभएको छ त्यसमा फरक पर्न सक्छ । नियमित रुपमा भिडियो अपलोड गर्ने गर्नुहोस् ।

तपाईको सुरुवाती कन्टेन्ट धेरै राम्रो छैन् भने पनि यसलाई नियमित गर्नुहोस । तपाईलाई अभ्यासले नै सिपालु बनाँउछ । तपाई प्रत्येक पटक पहिलेको भन्दा राम्रो भिडियो बनाउे प्रयास गर्नुहोस् । गर्दै जाँदा तपाईले सिक्दै जानुहुन्छ ।

आफ्नो कन्टेन्ट राम्रो बनाउनको लागि राम्रो क्यामेरा र उत्कृष्ट एडिटिङ सफ्टवेयरहरु र प्रविधिहरु प्रयोग गर्नुहोस । ट्राइपोड प्रयोग गरेर राम्रो भिडियो खिच्न सक्नुहुन्छ तपाईले आफ्नो भिडियोको सिनहरु राम्रो बनाउनको लागि आफ्ना साथीहरुको सहयोग लिनपनि सक्नुहुन्छ ।

नियमित भिडियोहरु अपलोड गरेर तपाईले आफ्नो दर्शकहरुलाई होल्ड गरेर राख्न सक्नुहुन्छ । तपाईले नियमित तालिकाअनुसार भिडियो अपलोड गर्न थाल्नुभयो भने मात्रै मानिसहरुले तपाईको च्यानल सब्स्क्राइब गर्दै जान्छन् । आफ्नो भिडियोहरुमा किओर्डहरु राखेर ट्यागगर्न नबिर्सनुहोस र त्यसको लोभलाग्दो व्याख्या पनि गर्नुहोस् त्यसले तपाईको भिडियोलाई युट्युव सर्चमा देखाउन सजिलो बनाँउछ ।

३। आफ्नो अडियन्स प्राप्त गर्नुहोस् युट्युवबाट पैसा कमाउनको लागि पहिले आफुले दर्शक वा अडियन्स धेरै बनाउन सक्नुपर्छ ।
तपाईले त्यसबाट पैसा कमाउनको लागि मानिसहरुले तपाईको भिडियोमा आउने विज्ञापन हेर्ने हुन पर्छ । तपाईले धेरै सब्स्क्राइबर पाउनको लागि र आफ्नो भिडियो धेरैले हेर्ने बनाउनको लागि तपाईले राम्रो कन्टेन्ट राख्नुभन्दा अर्को कुनै तरिका छैन् ।

नियमित राम्रा राम्रा भिडियोहरु अपलोड गर्नुहोस र मानिसहरुलाई तपाईको भिडियोहरु नियमित हेर्ने बनाउनुहोस् । आफ्नो भिडियोको लिंक फेसबुक, ट्विटरमापनि सेयर गर्नुहोस् ।
आफ्नो दर्शकहरुसँग कमेन्टमा अन्तत्र्रिmया गर्नुहोस् र आफ्नो दर्शकहरुलाई सिधै सम्बोधन गरेर भिडियोहरु बनाउनुहोस । त्यसले आफ्नो सब्स्क्राइबरहरुलाई झनै नजिक ल्याँउछ ।

४। आफ्नो भिडियोहरु मनिटाइज गर्नुहोस्
आफ्नो भिडियोबाट पैसा कमाउनको लागि तपाईले मनिटाइजेसनलाई इनेबल गर्नुपर्छ । यसको अर्थ हुन्छ तपाईले आफ्नो भिडियोमा युट्युवलाई विज्ञापन राख्ने अनुमति दिनुहुनछ । यसको अर्थ यो पनि हुन्छ कि तपाईको भिडियोमा अरुकै कपिराइट भएका सामग्री छैनन् भन्ने हुन्छ । त्यसपछि टप बारमा भएको भिडियो म्यानेजर नामको लिंक क्लिक गर्नुहोस्
च्यानल क्लिक गरेर मनिटाइजेसन् इनेबल गर्नुहोस् ।

५। कम्तीमा पनि १० हजार भ्यु प्राप्त भएपछि मात्रै तपाईले पैसा कमाउन थाल्नुहुन्छ ।
तपाईले भिडियो अपलोड गर्नासाथ मनिटाइज ट्यावमा क्लिक गरेर मनिटाइज गर्न सक्नुहुन्छ । भिडियो अपलोड भएपछि मनिटाइज गर्नको लागि तपाईले भिडियो म्यानेजर खोलेर त्यसमा डलरको साइन आउँछ त्यसमा क्लिक गर्नुपर्छ । त्यसपछि मनिटाइज विथ एड्स बक्स चेक गर्नुहोस् ।

६। गुगल एडसेन्स सेट गर्नुहोस् तपाईले सितैमा गुगल एडसेन्स सेट गर्न सक्नुहुन्छ ।
यसको लागि तपाईले आफ्नो एकाउन्ट बनाएपछि साइन अप क्लिक गर्नुहोस् आफ्नो एकाउन्ट बनाउनको लागि तपाई १८ वर्ष पुरा भएको हुनुपर्छ । यदि तपाई त्यो भन्दा कम उमेरको हुनुहुन्छ भने आफ्नो अभिभावकको सहयोग लिन सक्नुहुन्छ ।

तपाईलाई पेपालवा बैंक एकाउन्ट को आवश्यकता पर्छ र वैध मेल एड्रेस चाहिन्छ । त्यसपछि मात्रै एडसेन्सले तपाईको को हो भनेर पहिचान र पुष्टि गर्न सक्छ र तपाईलाई पैसा पठाउँछ । तपाईले एड क्लिकअनुसार पैसा पाउनुहुन्छ त्यसैले तपाईलाई धेरै अडियन्स र धेरै भ्यु जरुरी हुन्छ ।

७। आफ्नो एनालाइटिक्स चेकगर्नुहोस्
आफ्नो केही भिडियो अनलाइन भएर मनिटाइज भएपछि तपाईले त्यसलाई एनालाीटिक्सबाट चेक गर्न सक्नुुहन्छ र उनीहरुको प्रर्दशन कस्तो छ भन्ने जानकारी लिन सक्नुहुन्छ । यहाँतपाईले अनुमानित कमाइ र त्यसको प्रदर्शन, भिडियो कति दर्शकले हेरे भन्ने जस्ता जानकारीहरु पाउन सक्नुहुन्छ ।

८। आफ्नो भिडियो जताततै मार्केटिङ गर्नुहोस
आफ्नो भिडियो युट्युवमा मात्रै नराख्नुहोस । ब्लग सुरु गर्नुहोस्, वेवसाइट बनाएर त्यसमा राख्नुहोस वा आफ्नो फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा पोस्ट सेयर गर्नुहोस् । लिंक सेयर गर्ने र इन्टरनेटमा भिडियो इम्बेड गर्ने गर्नाले धेरैले तपाईको भिडियो हेर्ने चान्स बढाँउछ ।

९। युट्युवको पार्टनर बन्नुहोस
युट्युव पार्टनरहरु युट्युव मेम्बरहरु हुन जसले धेरै ठूलो दर्शक सङ्ख्या सहित आफ्नो भिडियोहरु मनिटाइज गरेका हुन्छन् । पार्टनरले आफ्नो कन्टेन्ट अझै राम्रो बनाउने टुल्सहरु र भ्युअर्सको सङ्ख्याअनुसार विभिन्न पुरस्कारहरु पनि प्राप्त गर्न सक्नुहुन्छ । पार्टनरहरुले धेरै कम्युनिटी सपोर्ट र टिप्सहरुमा पनि पहुँचप्राप्त गर्छन् । नेपालीवत्रबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।