0 COMMENTS

 कलङ्कीका रनेश अधिकारीलाई लामो समयपछि विदेशबाट ईमेल आएको जानकारी भयो । ईमेल ठेगाना दिएको २–३ महिनापछि आएको इमेल खोल्न उनलाई धेरै गाह्रो भो । अरूले इमेलको पासवर्ड थाहा नपाऊन् भनेर कठिन अंक र अक्षरबाट पासवर्ड बनाएका अधिकारी आफैले पनि पासवर्ड सम्झिन सकेनन् । यसले गर्दा उनले पुनः नयाँ अकाउण्ट खोलेर फेरि ईमेल माग्नुपर्‍यो ।

सूचना प्रविधिको यो युगमा ईमेल लगायत अकाउण्टको पासवर्ड बिर्सियो भने धेरै सूचना, सन्देश र जानकारी गुम्छ । इण्टरनेटमा रहेका सामग्री सुरक्षित राख्ने एकमात्र उपाय पासवर्ड हो । इमेल होस् वा सामाजिक सञ्जाल, यी सबै पासवर्डका कारण आफ्नो भइरहेको छ । अहिले त बैङ्क अकाउण्ट, ई–सेवा, डिम्याट खाता पनि पासवर्डमै निर्भर छन् । यसैकारण बिर्सिनै नहुने र अरूले पनि थाहा पाउन नहुने महत्त्वपूर्ण अङ्ग बनेको छ– पासवर्ड ।

मध्यपुर थिमीका जगत थापाले पासवर्ड बिर्सेला भनेर ‘जगत१२३’ राखे । सम्झिन सजिलो होस् भनेर अधिकांशले यसरी नै नामको पछाडि १२३ वा ३२१ राख्ने गर्छन् । तर, यस्तो पासवर्ड राख्दा ह्याकरहरू सजिलै यसको पहुँचमा पुग्न सक्छन् । कमजोर पासवर्डकै आधारमा तिनले प्रयोगकर्ताको ईमेल र सामाजिक सञ्जाल ह्याक गरिदिन्छन् । त्यसैले पासवर्ड झट्ट अरूले थाहा नपाउन तथा आफूले पनि बिर्सन नसक्ने बनाउनुपर्छ ।

लामो समयपछि आफ्नो इमेल अकाउण्ट खोल्न लाग्दा पासवर्ड याद नभएर हैरान भएकाहरू धेरै छन् । पासवर्ड चोरी भएर दुःख पाएकाहरू पनि उत्तिकै छन् । त्यसैले, आफ्नो अकाउण्टको पासवर्ड याद गर्ने मात्र होइन, सुरक्षित पनि बनाउनुपर्छ ।

इमेल खोल्दा वा परिमार्जन गर्दा सुरक्षित पासवर्डका लागि मनपर्ने ठाउँ र व्यक्तिको नामलाई कुनै सङ्केतले जोड्न सकिन्छ । यसरी पासवर्ड तयार गर्दा सम्झिन सजिलो र अरूले थाहा नपाउने सम्भावना पनि बढी हुन्छ । यसैगरी आफ्नो मनपर्ने खाना र पेयपदार्थलाई जोड्दा पनि अरूले थाहा पाउन मुश्किल पर्छ ।

आफूलाई मन पर्ने कुनै किताब वा फिल्मी डायलगलाई मिश्रण गरी राख्दा पनि आफूलाई सम्झिन सजिलो हुन्छ । अधिकांशले पासवर्डमा आफ्ना छोराछोरी वा श्रीमान्रश्रीमतिको नाम राख्ने गर्छन् । यो पनि असुरक्षित पासवर्ड हो । यसैगरी घरको फोन नम्बर वा जन्ममिति राखेर पनि पासवर्ड राख्नु पनि जोखीम निम्त्याउनु हो । किनकि, यस्ता पासवर्ड भएका अकाउण्ट ह्याक हुने सम्भावना धेरै हुन्छ ।

अङ्कको पासवर्ड राख्नुको सट्टा अङ्कलाई शब्दमा वा अक्षरमा रूपान्तरण गर्दा सम्झिन सजिलो, तर अरूले अनुमान गर्न कठिन हुन्छ । पासवर्डको पहिलो अक्षर स्मल लेटर र त्यसपछिका अक्षर क्यापिटल लेटरमा राख्दा पनि सम्झिन सजिलो हुन्छ । यस्तै, यस्ता पासवर्ड ह्याक हुनबाट धेरै हदसम्म जोगिन्छ । अङ्क वा अक्षरको पासवर्ड राख्दा अङ्ग्रेजी ए अक्षरको सट्टा एट सिम्बोल र ओ अक्षरको सट्टा शून्यको प्रयोग गर्नु सुरक्षाका दृष्टिले राम्रो हो । यसो गर्दा पासवर्ड ह्याक हुने खतरा कम हुन्छ ।

पासवर्डमा धेरै चलेका साझा शब्दहरूको प्रयोग नगर्नु नै राम्रो हुन्छ । यसैगरी यसका लागि लभ, हेट, ड्र्यागन, गड, सरी, एक्सक्युजको प्रयोग गर्नु पनि असुरक्षित मानिन्छ ।

पासवर्ड सुरक्षित नभएको लाग्नेबित्तिकै परिवर्तन गरिहाल्नुपर्छ । साइबर वा अन्य सार्वजनिक स्थलमा ईमेल खोल्दा पासवर्ड रिमेम्बर टिक मार्क हटाउनुपर्छ । पासवर्डलाई सजिलै नोट कपी वा वर्किङ टेबलमा लेखेर राख्दा चोरी हुने सम्भावना बढी हुन्छ । पासवर्ड कम्तीमा पनि ६–६ महीनामा परिवर्तन गर्दा यो सुरक्षित रहन सक्छ । एजेन्सीको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।